bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Micah 3
Micah 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 4 →
1
हे इस्राएलका अगुवाहरू हो, सुन! तिमीहरूले न्यायको बारेमा ध्यान दिनुपर्ने हो।
2
तर तिमीहरूले असल कुरालाई घृणा गर्दछौ र दुष्ट कुरा मन पराउँछौ। तिमीहरू मेरा प्रजाको छाला काढ्छौ र तिनीहरूका मासु हड्डीबाट लुछ्छौ।
3
तिमीहरूले मेरा मानिसहरूको मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, हड्डी भाँच्छौ र भाँडामा पकाउन तयार पारेका मासुझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्छौ।
4
समय आउँदै छ, जब तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ तर उहाँले तिमीहरूलाई उत्तर दिनुहुनेछैन। तिमीहरूका दुष्ट कामहरूले गर्दा उहाँले तिमीहरूको पुकार सुन्नुहुनेछैन।
5
मेरा प्रजालाई ती अगमवक्ताहरूले धोका दिएका छन्, जसले पैसा लिएर तिमीहरूलाई शान्ति हुनेछ भनी वचन दिन्छन् र पैसा नदिनेलाई तिमीहरू लडाइँमा पर्नेछौ भनी तर्साउँछन्। त्यस्ता अगमवक्ताहरूलाई परमप्रभु भन्नुहुन्छ,
6
“हे अगमवक्ताहरू हो! तिमीहरूको दिन सकिन आँट्यो, तिमीहरूलाई अन्धकारले छोप्दै छ। तिमीहरूले अगमवाणीका दर्शनहरू पाउँनेछैनौ र भविष्यवाणी पनि गर्न सक्नेछैनौ।”
7
भविष्यवाणी गर्नेहरू झूटा ठहरिनेछन् र तिनीहरूको बदनाम हुनेछ। तिनीहरू सबै लाजमा पर्नेछन् किनभने परमेश्वरले तिनीहरूलाई कुनै कुराको पनि उत्तर दिनुहुनेछैन।
8
तर मलाई चाहिँ परमप्रभुले आफ्ना आत्मा र शक्तिले भर्नुहुनेछ र इस्राएलका मानिसहरूलाई तिनीहरूका पाप बताउन साहस र न्यायको ज्ञान दिनुहुनेछ।
9
हे इस्राएलका शासकहरू हो, तिमीहरू, जो न्यायलाई तिरस्कार गर्दछौ र राम्रोलाई नराम्रो पार्दछौ, सुन।
10
तिमीहरूले परमेश्वरको सहर, यरूशलेमलाई हत्या र अन्यायको जगमाथि बनाइरहेका छौ।
11
सहरका शासकहरूले घुसको निम्ति शासन गर्छन्, पूजाहारीहरूले ज्यालाको निम्ति व्यवस्था-विधिको अर्थ खोल्छन्, अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी कहन्छन् र तिनीहरू सबै हामीसँग परमप्रभु हुनुहुन्छ भनी दाबी गर्छन्। तिनीहरू भन्छन्, “हाम्रो केही क्षति हुनेछैन। परमप्रभु हामीसित हुनुहुन्छ।”
12
यसकारण तिमीहरूले गर्दा सियोन खेत जोतेझैँ जोतिनेछ, यरूशलेम ध्वंस भएर रास लाग्नेछ र मन्दिरको डाँडा जङ्गल बन्नेछ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7