bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Micah 5
Micah 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 6 →
1
यरूशलेमका निवासीहरू हो! आफ्नो सेना भेला गर! हामी घेरामा परेका छौं! तिनीहरूले इस्राएलका अगुवाको गालामा डन्डाले हिर्काउनेछन्।
2
परमप्रभु भन्नुहुन्छ, “बेथलेहेम एप्राता, यहूदाका सानोभन्दा सानो सहरहरूमध्ये तँ पनि एक होस् तर तँबाट म इस्राएलको निम्ति एउटा शासक ल्याउनेछु, जसको वंश प्राचीन कालदेखि नै सुरू भएको हो।”
3
यसकारण त्यो छोरो जन्माउने स्त्रीले छोरो नजन्माएसम्म परमप्रभुले आफ्ना प्रजालाई शत्रुका हातमा छोडिदिनुहुनेछ। तब कैदी भएर देश निकालावास भएका स्वदेशी बन्धुहरू आफ्नै दाजुभाइहरूसँग फेरि एकसाथ जम्मा हुनेछन्।
4
जब उनी आउँछन्, तब उनले परमप्रभुको शक्ति र आफ्ना परमेश्वर परमप्रभुको महामहिमामा आफ्ना प्रजामाथि राज्य गर्नेछन्। तिनका प्रजा सुरक्षासाथ बास गर्नेछन् किनभने सारा पृथ्वीका मानिसहरूले उनको महान्ता स्वीकार्नेछन्,
5
र उनले शान्ति कायम गर्नेछन्। जब अश्शूरीहरूले हाम्रो देशमा हमला गर्छन् र सुरक्षा पर्खाल तोडेर देशमा खुट्टा हाल्छन्, तब हामी आफ्ना बलिया-बलिया अगुवाहरूलाई तिनीहरूको सामना गर्न पठाउनेछौं।
6
हातहतियारका बलले तिनीहरूले निम्रोदको देश अश्शूरीलाई विजय गर्नेछन् र अश्शूरीहरूले हाम्रो मुलुकमा हमला गर्दा तिनीहरूले हाम्रो रक्षा गर्नेछन्।
7
त्यस बेला बाँचेका इस्राएलीहरू अरू धेरै जातिहरूको निम्ति परमप्रभुले पठाउनुभएको शीतल गराउने शीतझैँ र उम्रँदै गरेको घाँसमा बर्सने झरीजस्तै हुनेछन्। तिनीहरू परमेश्वरमाथि भर पर्नेछन्, मानिसहरूमाथि होइन।
8
जाति-जातिहरूका बीचमा छोडिएका इस्राएलीहरूचाहिँ जङ्गल वा चउरमा शिकार खोजिहिंड्ने सिंहझैँ हुनेछन्, त्यो भेडाहरूका माझमा पस्दछ, तिनीहरूलाई झम्टन्छ र टुक्रा-टुक्रा पार्दछ र त्यसबाट बाँच्ने आशा हुँदैन।
9
इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई जित्नेछन् र तिनीहरू सबैलाई नाश पार्नेछन्।
10
परमप्रभु भन्नुहुन्छ, “त्यस बेला म तिमीहरूका घोडाहरू खोस्नेछु र रथहरू नष्ट पार्नेछु।
11
तिमीहरूका देशका सहरहरू नाश गर्नेछु अनि सबै सुरक्षाका पर्खाल भत्काइदिनेछु।
12
तिमीहरूले चलाउने तन्त्रमन्त्र नष्ट गर्नेछु र तिमीहरूसित एउटै पनि जोखना हेर्ने मानिस हुनेछैन।
13
तिमीहरूका देवताका मूर्तिहरू र पूजा गर्ने ढुङ्गाका खम्बाहरू नष्ट गर्नेछु। तिमीहरूले आफ्नै हातले बनाएका कुराहरूलाई फेरि कहिल्यै पूजा गर्नेछैनौ।
14
म तिमीहरूको देशको अशेरा देवीका मूर्तिहरू ढालिदिनेछु र तिमीहरूका सहरहरू नाश पार्नेछु।
15
अनि मेरा आज्ञा नमान्ने जातिहरूसित म आफ्नो प्रचण्ड क्रोधमा साटो फेर्नेछु।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7