bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Micah 7
Micah 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
1
मेरो केही आशा छैन! म एउटा भोको मानिसजस्तो छु, जसले न त रूखमा फल न त दाखबारीमा अङ्गुर पाउँदछ। सबै अङ्गुर र स्वादिला नेभाराहरू टिपिइसकेका छन्।
2
देशमा एक जना पनि इमानदार मानिस बाँचेको छैन, परमेश्वरलाई भक्ति गर्ने कोही पनि छैन। सबैले हत्या गर्ने मौका पर्खिरहेका छन्। हरेकले आफ्नो भाइको शिकार गर्छ।
3
दुष्कर्म गर्न सबै जना सिपालु छन्। शासक र न्यायकर्ताले घुस खोज्दछन्। ठूला-ठालुहरूले आफ्ना चाहना प्रकट गर्छन् र तिनीहरू एकसाथ मिली उपाय रच्दछन्।
4
तिनीहरूमध्ये सबैभन्दा असल र इमानदार भनाउँदाहरू पनि काम नलाग्ने काँडे-झारजस्तै बेकामका छन्। परमेश्वरले आफ्नो प्रजालाई न्याय गर्ने दिन आइपुगेको छ। उहाँले अगमवक्ताहरूद्वारा यसबारेमा चेतावनी दिनुभएको थियो। अहिले तिनीहरू व्याकुल छन्।
5
आफ्ना छिमेकीमाथि विश्वास नगर, आफ्नो साथीको भरोसा नगर। आफ्नो लोग्ने वा स्वास्नीलाई पनि के कुरा भन्छौ, त्यसमा होशियार होऊ।
6
यी दिनमा छोराहरूले बुबालाई अनादर गर्छन्, छोरीहरूले आमाको विरोध गर्छन् र बुहारीहरूले सासूसित झगडा गर्छन्। शत्रुहरू आफ्नै घरका मानिसहरू हुन्छन्।
7
तर मचाहिँ परमप्रभुतिरै हेरिरहनेछु। म परमेश्वरमाथि भरोसा राखी उहाँको बाटो हेर्नेछु। उहाँले मलाई बचाउनुहुनेछ। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
8
हे हाम्रा शत्रुहरू! मनमा खुसी भई हामीलाई हेरिरहने केही कारण छैन। हामी लडेका छौं तर फेरि उठिहाल्नेछौं। अहिले हामी अन्धकारमा छौं तर परमप्रभु हाम्रो ज्योति हुनुहुनेछ।
9
हामीले परमप्रभुको विरुद्धमा पाप गरेको हुनाले केही समयको लागि उहाँको क्रोध सहनैपर्नेछ। तर अन्तमा उहाँले हाम्रो पक्षमा बोल्नुहुनेछ र हामीमाथि भएको अन्यायको न्याय गर्नुहुनेछ। उहाँले हामीलाई ज्योतिमा ल्याउनुहुनेछ। हामी उहाँको उद्धार देख्नेछौं।
10
तब हाम्रा शत्रुहरू त्यो देखेर लाजमा पर्नेछन्। ती शत्रुहरूले अघि हामीलाई खिसी गर्दै यसो भन्दथे, “तिमीहरूका परमप्रभु परमेश्वर खोइ?” तिनीहरू हार्नेछन् र बाटाहरूमा हिलो कुल्चिएझैँ कुल्चिनेछन्। यी सबै हामीले आफ्नै आँखाले देख्नेछौं।
11
हे यरूशलेमका मानिसहरू हो, तिम्रो सहरका पर्खालहरू फेरि बनाउने समय आउँदै छ। त्यस समय तिमीहरूको देशको साँधसिमाना बढ्नेछ।
12
मानिसहरू सबै ठाउँबाट तिमीहरूकहाँ फर्किनेछन्; पूर्वमा अश्शूर देश, दक्षिणमा मिश्रदेश, यूफ्रेटिस नदीका छेउछाउका भू-भाग र टाढा-टाढाका समुद्र र पर्वतहरूबाट तिनीहरू फर्किनेछन्।
13
तर पृथ्वीमा बास गर्ने मानिसहरूको दुष्ट्याइँले गर्दा पृथ्वी उजाड हुनेछ।
14
हे परमप्रभु! आफ्ना प्रजा, आफैंले चुन्नुभएको मानिसहरूको गोठाला बन्नुहोस्। हुन त तिनीहरू उजाड-भूमिमा अलग्गै बसेका छन्। तिनीहरूका चारैपट्टि मलिलो भूमि छ। तिनीहरू उहिलेजस्तै बाशान र गिलादका हरियो चरनहरूमा गएर चरून्।
15
परमप्रभु! तपाईंले हामीहरूलाई मिश्रबाट निकालेर ल्याउनुहुँदा जुन आश्चर्यका काम गर्नुभयो, त्यस्तै काम हामीहरूको निम्ति गरिदिनुहोस्।
16
जाति-जातिहरूले यी कुरा देख्नेछन् र बलियो नै भए पनि तिनीहरू लाजमा पर्नेछन्। तिनीहरूले अतालिएर आफ्ना हातले मुख बन्द गर्नेछन् र कान थुन्नेछन्।
17
तिनीहरू साँपझैँ धुलोमा घस्रनेछन्। तिनीहरू काम्दै डरले आफ्ना किल्लाहरूबाट निस्कनेछन्। तिनीहरू डरले परमप्रभु हाम्रा परमेश्वरतिर फर्कनेछन्।
18
हे परमप्रभु! तपाईंजस्तो अरू कुनै ईश्वर छैन। बाँचेर रहेका तपाईंका प्रजाहरूका पाप तपाईंले क्षमा गर्नुहुन्छ। तपाईं सधैँभरिको निम्ति रिसाइरहनुहुन्न तर हामीप्रति आफ्नो निरन्तर प्रेम देखाउन खुसी हुनुहुन्छ।
19
तपाईं फेरि हामीप्रति कृपालु हुनुहुनेछ। हाम्रा पाप तपाईंले आफ्ना पैतालामुनि कुल्चनुहुनेछ र समुद्रको गहिरो तहमा फालिदिनुहुनेछ।
20
तपाईंले हाम्रा पिता-पुर्खाहरूसँग धेरै अघि नै प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको विश्वासयोग्यता र अटुट प्रेम आफ्ना प्रजा, अब्राहाम र याकूबका सन्तानहरूलाई देखाउनुहुनेछ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
All chapters:
1
2
3
4
5
6
7