bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nahum 1
Nahum 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
यो एल्कोशबाट आएका नहूमले निनवेबारे देखेका दर्शनको अगमवाणी हो।
2
परमप्रभु परमेश्वरले आफ्ना विरोधीहरूलाई सहनुहुन्न, उहाँको विरोध गर्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। उहाँले आफ्नो क्रोधमा तिनीहरूसित बदला लिनुहुन्छ।
3
परमप्रभु छिट्टै रिसाउनुहुन्न, तर उहाँ शक्तिशाली हुनुहुन्छ र अपराधीहरूलाई दण्ड नदिई छोड्नुहुन्न। परमप्रभु हिँड्ने बाटोमा आँधी चल्दछ, बादलहरूचाहिँ उहाँको खुट्टाले उडाएको धुला हुन्!
4
उहाँले आज्ञा दिनुहुँदा समुद्र सुकिजाँदछ, उहाँले नदीहरू सुकाइदिनुहुँदछ। बाशानका मैदानहरू ओइलिजाँदछन्, कर्मेल डाँडा सुकेर पहेंलो हुँदछ र लेबनानका फूलहरू ओइलिजान्छन्।
5
परमप्रभुको अघि पर्वतहरू काँप्दछन्, उहाँको अघि डाँडाहरू पग्लन्छन्। परमप्रभु देखा पर्नुहुँदा पृथ्वीमा भूइँचालो जान्छ, संसार र त्यहाँका सबै मानिसहरू थरथरी हुँदछन्,
6
उहाँ रिसाउनुहुँदा को बाँच्न सक्छ र? उहाँको डरलाग्दो रिसअघि को टिक्न सक्छ? उहाँले आफ्नो बल्दो रिस खन्याउनुहुन्छ, उहाँको सामुन्ने चट्टानहरू चकनाचुर हुन्छन्।
7
परमप्रभु भलो हुनुहुन्छ, कष्टको समयमा उहाँ आश्रय हुनुहुन्छ, उहाँमा शरण लिनेहरूको उहाँले वास्ता गर्नुहुन्छ।
8
तर उर्लंदो बाढले झैँ उहाँले आफ्ना शत्रुहरूलाई पूरै नाश गर्नुहुन्छ, आफ्ना विरोधीहरूलाई उहाँले मृत्युको मुखमा हालिदिनुहुन्छ।
9
परमप्रभुको विरुद्धमा तिमीहरू के जाल रच्दछौ? उहाँले तिमीहरूलाई नाश गर्नुहुनेछ र कसैले दोस्रोपल्ट उहाँको सामना गर्न सक्दैन।
10
गाँठो परेका काँडा र सुकेको परालझैँ मतवालाहरू हो! तिमीहरू आगोमा डढेर भस्म पारिनेछौ।
11
हे निनवे, दुष्ट जुक्तिहरू लिएर एक जना मानिस तँबाट निस्किआयो र त्यसले परमप्रभुको विरुद्धमा जाल रच्यो।
12
परमप्रभुले आफ्ना प्रजा इस्राएललाई यसो भन्नुहुन्छ, “अश्शूरीहरू बलिया र सङ्ख्यामा धेरै भए पनि तिनीहरू नष्ट पारिनेछन् र लोप हुनेछन्। मेरा प्रजा हो! मैले तिमीहरूलाई कष्ट दिएँ तर म फेरि त्यसो गर्नेछैनँ।
13
अब म तिमीहरूमाथि भएको अश्शूरीहरूको शक्ति शेष गर्नेछु र तिमीहरूलाई बाँधेका सङ्लाहरू चुँडाइदिनेछु।”
14
अश्शूरीहरूबारे परमप्रभुले यस्तो हुकुम दिनुभएको छ, “तिनीहरूको कोही सन्तान रहनेछैन र तिनीहरूको नाम मेटिनेछ। तिनीहरूका देवताहरूका मन्दिरहरूमा भएका मूर्तिहरू म नाश पार्नेछु। अश्शूरीहरूको निम्ति म एउटा चिहान तयार पार्दै छु किनभने तिनीहरू बाँच्न योग्य छैनन्।”
15
हेर, खुसीको खबर ल्याएर पहाड पार गरी एउटा सन्देशवाहक आउँदै छ। त्यो सुख-शान्तिको खबर सुनाउन आउँदै छ। हे यहूदाका मानिसहरू हो! तिमीहरू आफ्ना चाड-पर्वहरू मनाओ र भाकलअनुसार परमेश्वरलाई भेटी चढाओ। ती दुष्टहरूले फेरि कहिल्यै तिमीहरूका देशमाथि हमला गर्नेछैनन्। तिनीहरू पूरा गरी नष्ट भएका छन्!
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3