bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nahum 2
Nahum 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
हे निनवे! तँलाई विध्वंस पार्ने तँमाथि आइलागेको छ। तेरा किल्लाहरू बलियो बना, बाटोमा पहरेदार राख्! लडाइँको निम्ति तयारी गर्!
2
(शत्रुहरूले लुटपिट गर्नुअघि जुन गौरव इस्राएलको थियो, त्यही गौरवपूर्ण अवस्थामा इस्राएललाई फेरि परमप्रभुले फर्काउन लाग्नुभएको छ।)
3
शत्रुका सेनाहरूले राता-राता ढालहरू बोकेका छन् र रातै पोशाक पहिरेका छन्। तिनीहरूले हमला गर्ने तयारी गर्दै छन्। तिनीहरूका रथहरू आगोझैँ झल्कन्छन् तिनीहरूका घोडाहरू उफ्रन्छन्।
4
रथहरू बाटोहरूमा खुब वेगले हानिएर जान्छन् र सहरका चौडा चोकहरूका बीचबाट भएर यताउता दगुर्छन्। तिनीहरू बल्दो राँकोझैँ झल्याक-झुलुक हुन्छन् र बिजुली चम्केझैँ दगुर्छन्।
5
अधिकृतहरूलाई हाजिर हुने आदेश भएको छ, तिनीहरू ठोकर खाँदै, हुत्तिंदै अघिल्तिर आउँछन्। हमला गर्नेहरू पर्खालतिर दगुरेर जान्छन् र रक्षा गर्ने ठूलो ढाल तयार पारिन्छ।
6
नदीको पानी आउने ढोकाहरू खोलिन्छ; राजमहलमा भयले हाहाकार हुन्छ।
7
रानी कैद गरी लगिन्छ; त्यसका कमारीहरूले ढुकुरझैँ बिलौना गर्छन् र शोकले आ-आफ्ना छाती पिट्छन्।
8
भत्केको बाँधबाट पानी निस्केझैँ निनवेबाट मानिसहरू हतारिएर निस्कन्छन्, “पख! पख!” भनी कराएको सुनिन्छ, तर कसैले पनि पछि फर्केर हेर्दैन।
9
चाँदी लुट! सुन लुट! सहरमा धन-सम्पत्ति र बहुमूल्य वस्तुहरू छन्!
10
निनवे नाश भएको छ, त्यागिएको छ, त्यो उजाड भएको छ। मानिसहरूका हृदय डरले गल्दछन्। घुँडाहरू काँप्दछन्; बल हराउँछ, चेहराहरू डरले पहेंला हुन्छन्।
11
सिंहको गुफाजस्तो त्यो सहर, जवान सिंहहरूको खाना खाने ठाउँ, जहाँ सिंह र सिंहनी डुल्दथे, जहाँ तिनका डमरुहरू कुशलसाथ बस्दथे। त्यस्तो सिंहको गुफाजस्तो त्यो सहर अहिले खोइ?
12
सिंहले आफ्नो शिकार त्यहाँ मार्दथ्यो र त्यसका सिंहनी र डमरुहरूको निम्ति टुक्रा-टुक्रा पार्दथ्यो। शिकार मारी चिथोरेर ल्याएको मासुले गुफा भरिपूर्ण रहन्थ्यो।
13
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म तेरो शत्रु हुँ। म तेरा रथहरू आगोले भस्म पार्नेछु। लडाइँमा तेरा सेनाहरू मारिनेछन् र तैँले अरूलाई शिकार बनाई लुटेका सबै थोकहरू म खोसी लैजानेछु। तेरा राजदूतहरूको सोर अब उसो सुनिनेछैन।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3
Recommended Reading
Commentary
Nahum Commentaries
→
Devotional
Nahum Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→