bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nahum 3
Nahum 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
त्यो झूट बोल्ने, हत्या गर्ने सहर, र लुटपाटको प्रशस्त धन-सम्पत्तिले भरिएको सहर, त्यो अवश्यै विनाश हुन्छ!
2
लौ सुन! कोर्राहरूको आवाज र पाङ्ग्राहरूको आवाज, घोडाहरूको दौड र रथहरू थर्केका आवाज सुन!
3
घोडचढी सेनाहरूले हमला गर्दछन्, तरवारहरू झल्याक-झुलुक गर्छन्, भालाहरू टल्कन्छन्। असङ्ख्यक घाइते भएका छन् र लाशहरूको थुप्रो लागेको छ! ती लाशहरूको थुप्रोमा खुट्टा अल्झिएर मानिसहरू लड्दछन्!
4
टुनामुना गरेर मन मोहित पार्ने र जाति-जातिलाई मोहनी लगाई आफ्ना कमारा बनाउने वेश्या निनवेले सजाय पाइरहेछ।
5
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: “निनवे! म तँलाई सजाय दिनेछु, म तँलाई नाङ्गै पार्नेछु र जाति-जातिहरूले तेरो नग्नता देख्नेछन्, र राज्यहरूले तेरो लाज देख्नेछन्।
6
म तेरो अपमान गर्नेछु र फोहोरले तँलाई ढाक्नेछु। मानिसहरूले तँलाई भयले हेर्नेछन्।
7
तँलाई देख्ने सबै तँबाट तर्कनेछन्, तिनीहरूले यसो भन्नेछन्, ‘निनवे नाश भएको छ! त्यसलाई टिठ्याउने को छ? त्यसलाई सान्त्वना दिने को छ’?”
8
हे निनवे! के तँ मिश्रदेशको राजधानी थेबेस सहरभन्दा असल छस् र? त्यसको पनि रक्षाको निम्ति पर्खालजस्तो एउटा नदी थियो: नील नदी त्यसको सुरक्षाको पर्खाल थियो।
9
त्यसले कूश र मिश्रमाथि शासन गर्थ्यो र त्यसको शक्तिको कुनै सिमाना थिएन। लिबिया देश त्यसको मित्र थियो।
10
तापनि थेबेसका निवासीहरू कैद गरेर देश निकालावास भए। बाटो-बाटोका कुना-कुनामा तिनीहरूका छोरा-छोरीहरू पिटेर मारिए। तिनीहरूका अगुवाहरू साङ्लाले बाँधेर लगिए अनि कैद गरी लानेहरूले तिनीहरूलाई आपसमा बाँडेर लगे।
11
हे निनवे! तैँले पनि मतवालाजस्तो हुनेछस्! तँ पनि शत्रुहरूदेखि भाग्ने चेष्टा गर्नेछस्।
12
तेरा सबै किल्लाहरू पाकेका नेभाराका बोटहरूझैँ हुनेछन्, बोट हल्लाउनु मात्र पर्छ, खानेहरूको मुखमा फल झर्नेछ।
13
तेरा सिपाहीहरू आइमाईझैँ छन् र तेरो देश तेरा शत्रुहरूअघि असुरक्षित छ। आगोले तेरा ढोकाहरूका बारहरू भस्म भएको छ।
14
शत्रुको घेरामा पर्नुअघि पानी भरिराख्। किल्लाहरू बलिया बना! माटो मुछेर इँटा बनाउन तयार गर्! इँटका साँचोहरू तयार गर्!
15
तर तैँले जे गरे पनि तँ आगोले भस्म पारिनेछस् वा लडाइँमा मारिनेछस्। सलहहरूले अन्नका बाली खाएझैँ तेरो नाम-निशान हराउनेछ। तेरो सङ्ख्या सलहहरू बढेजस्तै बढेर गयो।
16
आकाशका ताराहरूभन्दा बढ्ता गरी तैँले आफ्ना व्यापारीहरूको सङ्ख्या बढाइस् तर सलहहरू पखेटा फैलाएर उडिगएझैँ तिनीहरू पनि हराइसके।
17
तेरा भारदारहरू जाडोको दिनमा भित्तामा टाँसेर बसेका सलहहरूको हुलझैँ छन्। घाम लागेपछि ती उडिजान्छन् र तिनीहरू कता गए, कसैले थाहा पाउँदैन।
18
हे अश्शूरका महाराज! तेरा बडा-हाकिमहरू मरिसके। तेरा ठूल्ठूला घरानाका मानिसहरू सदाको निम्ति निदाएका छन्। तेरा प्रजाहरू डाँडाकाँडाहुँदो छरपष्ट भएका छन्। तिनीहरूलाई फेरि घर फर्काई ल्याउने कोही छैन।
19
तेरो चोटको केही ओखती छैन र तेरो घाउ निको हुन सक्दैन। तेरो विनाशको खबर सुन्ने सबैले खुसीले ताली बजाउँछन्। तेरो अटुट निष्ठुरताबाट कोही बाँचेको थियो र?
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3