bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Colossians 1
Colossians 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,
2
ख्रीष्टमा भएका कलस्सेका सन्तहरू र विश्वासी भाइहरूलाई: परमेश्वर हाम्रा पिताबाट अनुग्रह र शान्ति।
3
तिमीहरूका निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउँछौं,
4
किनकि ख्रीष्ट येशूमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं,
5
जुनचाहिँ तिमीहरूका निम्ति स्वर्गमा राखिएका आशाको कारणले नै हो। यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन, अर्थात् सुसमाचारमा सुनेका छौ।
6
यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्यसरी नै काम गरिरहेछ,
7
जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्यौ। तिनी हाम्रा पक्षमा ख्रीष्टका एक विश्वासी सेवक हुन्।
8
तिनले पवित्र आत्मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्।
9
यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोड़ेका छैनौं,
10
र उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दैजान सक।
11
उहाँको महिमित शक्तिअनुसार आनन्दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।
12
ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनुहुने पितालाई धन्यवाद चढ़ाओ।
13
उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ।
14
उहाँमा हाम्रो उद्धार, अर्थात् पापको क्षमा छ।
15
उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ,
16
किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।
17
उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्।
18
उहाँ शरीर, अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन्।
19
किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो,
20
र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।
21
बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ।
22
तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ—
23
यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।
24
अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु।
25
तिमीहरूका खातिर मलाई दिइएको ईश्वरीय कार्यअनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ—
26
युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ।
27
यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।
28
प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं।
29
मेरो अन्तस्करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4
Recommended Reading
Commentary
Colossians Commentaries
→
Devotional
Colossians Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→