bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Colossians 2
Colossians 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्ने सबैका खातिर म कठोर परिश्रम गर्दछु,
2
कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्साहित होऊन्, र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान, अर्थात् ख्रीष्टलाई प्राप्त गरून्।
3
उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्।
4
म यो भन्दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्।
5
किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्यवस्था र ख्रीष्टमा तिमीहरूका विश्वासको स्थिरतामा म रमाउँदछु।
6
यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ।
7
धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।
8
ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
9
किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ,
10
र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ।
11
ख्रीष्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो।
12
बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।
13
तिमीहरू आफ्ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो,
14
र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो।
15
उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो, र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो।
16
यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्।
17
यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।
18
आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अड़िएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्।
19
यस्ताहरूले ख्रीष्ट, अर्थात् शिरलाई समातिराख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दैजान्छ।
20
यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूका अगि किन झुक्छौ?
21
“नसमात, नचाख, नछोओ”
22
(यी जम्मै कुराहरू व्यवहार गर्दागर्दा नष्ट भएर जान्छन्)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्।
23
उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4