bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Colossians 3
Colossians 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ।
2
माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।
3
किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ।
4
ख्रीष्ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।
5
यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।
6
यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ।
7
तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ।
8
तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग: रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली।
9
एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ,
10
र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।
11
यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र फुक्काको भेद रहनेछैन, तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ।
12
यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
13
एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।
14
यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।
15
ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ।
16
ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।
17
कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
18
पत्नी हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी आ-आफ्ना पतिहरूका अधीनमा बस।
19
पति हो, आ-आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।
20
छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ।
21
बुबा हो, आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्।
22
कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
23
तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
24
यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
25
किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4