bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Malachi 1
Malachi 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
एउटा ईश्वरवाणी मलाकीद्वारा इस्राएललाई परमप्रभुको वचन:
2
“मैले तिमीहरूलाई प्रेम गरें,” परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू भन्छौ, ‘कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो र?’ “के एसाव याकूबको दाजु थिएन र?” परमप्रभु भन्नुहुन्छ। “तापनि मैले याकूबलाई प्रेम गरें,
3
तर एसावलाई मैले हेला गरें, र मैले त्यसको पहाड़हरूलाई रूखा पारिदिएँ, र त्यसको उत्तराधिकार मरुभूमिका स्यालहरूका निम्ति छोड़िदिएँ।”
4
“हामीहरू धूलोपीठो पारिएका छौं, तापनि हाम्रा भग्नावशेष हामी फेरि निर्माण गर्नेछौं” भनी एदोमीहरूले भन्लान्। तर सर्वशक्तिमान् परमप्रभु यो भन्नुहुन्छ, “उनीहरूले निर्माण गरून्, तर म भत्काइदिनेछु। उनीहरू दुष्ट देश कहलाइनेछन्, जसका मानिसहरूसित परमप्रभु सधैँ क्रोधित हुनुहुन्छ।
5
यो तिमीहरू आफ्नै आँखाले देख्नेछौ, र भन्नेछौ, ‘इस्राएलको सिमाना बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ’।
6
“छोराले बुबाको, र नोकरले मालिकको मान गर्दछ। यदि म बुबा हुँ भने मलाई दिनुपर्ने मान खोइ त? यदि म मालिक हुँ भने मेरो आदर खोइ त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “ए पूजाहारीहरू हो, तिमीहरू नै मेरो नाउँको अवहेलना गर्दछौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंका नाउँको अवहेलना गर्यौं?’
7
“तिमीहरू मेरो वेदीमा अपवित्र खानेकुरा चढ़ाउँदछौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले तपाईंलाई कसरी अपवित्र पार्यौं र?’ “‘परमप्रभुको टेबिल घिनलाग्दो छ’ भनेर।
8
जब तिमीहरूले अन्धा पशुहरू बलिदान चढ़ाउन ल्याउँछौ, तब के त्यो भूल कुरो होइन र? जब तिमीहरूले लङ्गड़ा र बेथा लागेका पशुहरू बलिदान चढ़ाउँदछौ, तब के त्यो भूल कुरो होइन र? ती तिमीहरूका राज्यपाललाई चढ़ाउन कोशिश गर। के तिनी तिमीहरूदेखि खुशी हुनेछन्? के तिनले त्यो ग्रहण गर्नेछन्?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
9
“‘हामीमाथि कृपालु हुनुहोस्’ भनी आग्रहसाथ परमेश्वरलाई बिन्ती चढ़ाओ। तिमीहरूका हातले यस्तै भेटी चढ़ाएर के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ र?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
10
“तिमीहरूले व्यर्थमा मेरो वेदीमा आगोहरू नबाल्नलाई तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू थुनिदिए त हुनेथियो। म तिमीहरूसँग खुशी छैनँ, तिमीहरूका हातले चढ़ाएको भेटी म ग्रहण गर्नेछैनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
11
“सूर्योदयदेखि सूर्यास्तसम्म जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ। हरेक ठाउँमा मेरै नाउँमा धूप र शुद्ध भेटी ल्याइनेछन्, किनकि जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
12
“तर तिमीहरू त ‘परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएको त्यो भोजन बिटुलो छ, यो घृणास्पद छ’ भनेर मेरो नाउँ अपवित्र गर्दछौ।
13
अनि तिमीहरू यसो भन्दछौ, ‘यो त कस्तो दिक्क लाग्ने काम हो, अनि त्यसप्रति हेलासाथ नाक चेप्र्याउँछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जब तिमीहरूले चोट लागेका, खोरन्डा र बेथा लागेका पशुहरूलाई बलिको रूपमा चढ़ाउँछौ त, के तिमीहरूका हातबाट यस्ता भेटीहरू मैले ग्रहण गर्ने?” परमप्रभु भन्नुहुन्छ।
14
“तर यस्तो छल गर्ने श्रापित होस्, जसले आफ्नो बगालको ग्रहणयोग्य नर-पशु अर्पण गर्नलाई भाकल त गर्छ, तर खोट लागेको पशु परमप्रभुलाई चढ़ाउँदछ। किनभने म महाराजा हुँ, र मेरो नाउँ जाति-जातिहरूका बीचमा भययोग्य हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4