bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Malachi 3
Malachi 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
“हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्। तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
2
तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्तै हुनुहुनेछ।
3
उहाँ चाँदी खार्ने र सफा गर्नेजस्तो गरी बस्नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्याउनेछन्।
4
तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्य हुनेछन्।
5
“यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
6
“म परमप्रभु कहिल्यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।
7
तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं?’
8
“के कुनै मानिसले परमेश्वरलाई लुट्छ र? तापनि तिमीहरू मलाई लुट्दछौ। “तर तिमीहरू सोध्छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’ “दशांशको भेटीमा।
9
सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ— तिमीहरू सम्पूर्ण जातिले।
10
सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
11
“म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
12
“तब सारा जाति-जातिहरूले तिमीहरूलाई धन्य भन्नेछन्, किनकि तिमीहरूको देश एक अति खुशी देश हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
13
“तिमीहरूले मेरो विरुद्धमा कड़ा वचन बोलेका छौ,” परमप्रभु भन्नुहुन्छ। “तरै पनि तिमीहरू सोध्छौ, ‘कुन विषयमा हामीले तपाईंको विरुद्धमा कुरा गरेका छौं र?’
14
“तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन गरेर, अनि सर्वशक्तिमान् परमप्रभुको अगि मरेकाहरूका लागि विलाप गरेझैँ हिँड़ेर हामीलाई के लाभ भयो र?
15
तर अब त हामी हठीहरूलाई नै सुखी भन्छौं। निश्चय नै दुष्ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्वरलाई हाँक दिनेहरू उम्कन्छन्।”
16
तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो। परमप्रभुको डर मान्नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्झनाको पत्र मुट्ठामा उहाँकै उपस्थितिमा लेखियो।
17
“जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जसरी कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु।
18
अनि धर्मात्मा र दुष्ट, परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्नेछौ।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4