bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Malachi 4
Malachi 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
“हेर, त्यो दिन आउँदैछ। त्यो भट्टीझैँ दन्कनेछ। सबै हठी र सबै दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्नेछैन।
2
तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदाउनेछ। अनि गोठलाई छोड़ेर निस्केका बाछाजस्तै तिमीहरूचाहिँ बाहिर निस्कनेछौ।
3
तब तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ। जुन दिन म त्यो काम गर्छु, त्यस दिन उनीहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
4
“मेरो दास मोशाका व्यवस्थाको सम्झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्ति होरेब पर्वतमा मैले त्यसलाई दिएँ।
5
“हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु।
6
त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4