bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nahum 1
Nahum 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
निनवेको विषयमा ईश्वरवाणी। एल्कोशी नहूमले देखेका दर्शनको पुस्तक।
2
परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्नुहुन्छ।
3
परमप्रभु रीस गर्नमा धैर्यवान् हुनुहुन्छ र उहाँ अति शक्तिशाली हुनुहुन्छ। दोषीलाई परमप्रभुले दण्ड नदिई छोड्नुहुन्न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्।
4
उहाँले हप्काउनुहुँदा समुद्र सुकिहाल्छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्छन्।
5
उहाँको सामु पहाड़हरू कम्पायमान हुन्छन्, र पर्वतहरू पग्लन्छन्। उहाँको उपस्थितिमा संसार उजाड़ हुन्छ, जगत् र त्यसमा भएका सबै कुरा थरथर काँप्छन्।
6
उहाँका रीसको अगि को उभिन सक्छ? उहाँको भयङ्कर रीस कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ, र उहाँको सामुन्ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन्।
7
परमप्रभु असल हुनुहुन्छ, दु:खको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ।
8
तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेदिपठाउनुहुनेछ।
9
परमप्रभुको विरुद्धमा उनीहरूले जस्तोसुकै षड्यन्त्र गरे तापनि उहाँले त्यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन।
10
उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्। उनीहरू सुकेका ठोसाहरूझैँ भस्म हुनेछन्।
11
हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्लाह दिने एक जना निस्केको छ।
12
परमप्रभु यसो भन्नुहुन्छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्ती छन् तापनि उनीहरू बहिष्कृत हुनेछन्, र बितिजानेछन्। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ।
13
अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।”
14
हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्त तेरो नाउँ कायम राख्ने तेरो कोही सन्तान हुनेछैन। तेरा देवताहरूको मन्दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्ट छस्।”
15
हेर, सुसमाचार ल्याउने र शान्ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्। हे यहूदा, तिमीले आफ्ना चाड़हरू मनाओ, आफ्ना भाकलहरू पूरा गर। दुष्टहरूले अब उप्रान्त तिमीलाई आक्रमण गर्नेछैनन्। उनीहरू सम्पूर्ण रूपले सर्वनाश हुनेछन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3