bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nahum 2
Nahum 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
हे निनवे, एउटा छापामार तेरो विरुद्धमा बढ्दैछ। किल्लाको सुरक्षा गर्, बाटो राम्ररी हेर्, कम्मर कस्, तेरो पूरा बल लगा।
2
परमप्रभुले याकूबको गौरवलाई इस्राएलको श्रेष्ठताझैँ फेरि फर्काउनुहुनेछ, यद्यपि ध्वंसकहरूले तिनीहरूलाई उजाड़ पारेका छन्, र तिनीहरूका दाखका बोटहरू नष्ट पारेका छन्।
3
त्यसका सिपाहीहरूका ढालहरू राता छन्। त्यसका योद्धाहरूले गाढ़ा लाल पोशाक पहिरेका छन्। ती तयारी पारिएको दिनमा रथहरूका धातु चम्कन्छन्, सल्लोका भालाहरू उजाइएका छन्।
4
रथहरू सड़कमा खूब वेगसित हाँकिन्छन्, र चोकहरूमा तिनीहरू अगि-पछि गर्दै जोडले कुद्छन्। तिनीहरू जलिरहेका राँकाहरूजस्तै देखिन्छन्, तिनीहरू बिजुलीजस्तै वेगले कुद्छन्।
5
त्यसले आफ्ना चुनिएका सेनाहरूलाई हाजिर गराउँछ, तापनि उनीहरू आफ्नो बाटोमा धरमरिन्छन्। उनीहरू आतुरीसाथ सहरको पर्खालतिर दगुर्छन्। रक्षा गर्ने ढाल त्यसकै ठाउँमा राखिन्छ।
6
नदीका बाँधहरू खुला पारिन्छन्। दरबार ढल्छ।
7
यो अवश्यम्भावी छ, सहर निर्वासनमा लगिनेछ। त्यसका दासीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन्।
8
निनवेचाहिँ पानीको दहजस्तै छ, त्यसको पानी सुक्दैगइरहेछ। “पख्! पख्।” भनेर कराउँदा पनि कसैले पछि फर्केर हेर्दैन।
9
चाँदी लुट! सुन लुट! त्यसका सबै धन-सम्पत्तिको केही टुङ्गै छैन।
10
त्यो लूटपीट गरियो, लुटियो र नाङ्गो पारियो। हृदयहरू गल्छन्, घुँड़ाहरू काँप्छन्, र सारा शरीरमा पीडा छ, सबै चेहराहरू पहेँला-पहेँला हुन्छन्।
11
साना-साना सिंहहरूलाई खुवाउने गुफा खोइ? जहाँ सिंह र सिंहनी डमरुहरूसमेत नडराई हिँड्दथे।
12
आफ्ना डमरुहरूलाई प्रशस्त हुने गरी सिंहले शिकार मार्थ्यो, र त्यसकी सिंहनीको निम्ति पशुहरूलाई फहराउँथ्यो। त्यसले आफ्ना ओड़ारहरू शिकार गरेर ल्याएका पशुहरूले र आफ्ना गुफाहरू आफ्नो शिकारले भरपूर पार्दथ्यो।
13
सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, “म तेरो विरुद्धमा छु। म तेरा रथहरू धूवैधूवाँ हुने गरी जलाइदिनेछु, र तेरा जवान सिंहहरू तरवारको गाँस हुनेछन्। म तेरो लागि शिकार छोड्नेछैनँ, र तेरा समाचारवाहकका शब्द अब उप्रान्त सुनिनेछैनन्।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3