bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Nahum 3
Nahum 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
रगतको सहरलाई धिक्कार! त्यो झूट र लूटको धनले भरिएको छ, त्यहाँ लूटका शिकारको अन्त हुँदैन।
2
कोर्राहरूको आवाज, पाङ्ग्राहरूको आवाज, घोड़ाहरूका फड्का, रथहरूको ठेलमठेला गर्ने कुदाइ।
3
घोड़चढ़ीहरूको हमला, झल्कने तरवार र चम्कने भाला। मारिएकाहरूको रास, मुर्दाहरूको ढेर, अनगिन्ती लाशहरू— लाशहरूमा मानिसहरू ठोकर खाँदैहिँड्छन्।
4
यी सबै एउटी वेश्या, टुनामुना गर्नेकी एउटी मालिक्नीको निर्लज्ज कामवासनाको कारणले हो, जसले आफ्नो वेश्यापनद्वारा जाति-जातिहरूलाई, र आफ्नो टुनामुनाद्वारा मानिसहरूलाई दास बनाउँथी।
5
सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु। तेरा मुखसम्म तेरा फरियाहरू उचाल्नेछु। जाति-जातिहरूलाई म तेरो नाङ्गोपना, र राज्यहरूलाई तेरो शर्म देखाउनेछु।
6
तँमाथि फोहोर फाल्नेछु, म तँलाई नीच व्यवहार देखाउनेछु, र तँलाई हाँसोको पात्र तुल्याउनेछु।
7
तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन्, र भन्नेछन्, ‘निनवे त नष्ट भएको छ। त्यसको निम्ति कसले विलाप गर्ला?’ तँलाई शान्ति दिने व्यक्ति मैले कहाँ पाउने?”
8
के तँ नील नदीको किनारमा अवस्थित नो सहरभन्दा अझ राम्रो छस्? जसको सुरक्षा पानी थियो, त्यसको किल्ला नदी र पर्खालचाहिँ पानी थियो।
9
कूश र मिश्र त्यसको असीम शक्ति थियो, पूत र लिबिया त्यसका मित्रराष्ट्र थिए।
10
तैपनि त्यो कैदमा लगियो र निर्वासनमा गयो। त्यसका ससाना नानीहरू पनि गल्लीहरूमा बजारिएर मरे। त्यसका भारदारहरूमाथि चिट्ठा हालिए, र त्यसका सबै ठूला मानिसहरू साङ्लाले बाँधिए।
11
तँ पनि मतवाला हुनेछस्, तँ लुकेर बस्नेछस्, र शत्रुबाट भाग्नलाई शरणस्थान खोज्नेछस्।
12
तेरा सबै किल्लाहरू पहिला फसल पाकेका अञ्जीरका रूखहरूजस्तै छन्। ती हल्लाउँदा अञ्जीरहरू खानेको मुखैमा खस्छन्।
13
तेरा फौजहरूलाई हेर्, ती सबै स्त्री मात्र छन्। तेरो देशका मूल ढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै छन्। त्यसका गजबारहरू आगोले खाएको छ।
14
घेरामा पर्ने दिनको निम्ति पानी भरेर राख्। तेरा किल्लाहरू बलिया पार्। काम गर्, हिलो खुट्टाले कुल्ची। इँटको काम मरम्मत गर्।
15
त्यहीँ तँलाई आगोले भस्म पार्नेछ, तँलाई तरवारले टुक्र्याउनेछ र सलहहरूले तँलाई स्वाहा पार्नेछन्। फटेङ्ग्राजस्तै अनगन्ती हो, सलहहरूझैँ संख्यामा बढ्।
16
आकाशका ताराहरूभन्दा बढ्ता तैंले आफ्ना व्यापारीहरू बढ़ाएको छस्। तर सलहहरूलेझैँ उनीहरूले देशलाई नाङ्गो पारेर उड़िजान्छन्।
17
तेरा रक्षकहरू त सलहझैँ छन्, तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो जाड़ोको दिनमा पर्खालहरू हुँदो बस्छन्, तर जब घाम लाग्छ, ती सबै उड़िहाल्छन्— कसैले जान्दैन, कता जान्छन्।
18
हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाएका छन्, तेरा भारदारहरू आराम गरेर पल्टिबस्छन्, तेरा मानिसहरू डाँड़ाकाँड़ातिर छरपष्टै भएका छन्, र उनीहरूलाई भेला गर्ने कोही छैन।
19
तेरो घाउलाई केही कुरोले निको पार्न सक्दैन। तेरो घाउ घातक छ। जति जनाले तेरो विषयमा सुन्छ त्यसले तेरो पतनमा ताली बजाउँछ, किनकि तेरो अन्त्यै नहुने निष्ठुरता कसले भोगेको छैन र?
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3