bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zephaniah 1
Zephaniah 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ परमप्रभुको यो वचन आयो।
2
“पृथ्वीबाट म सबै थोक ध्वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्छ।
3
“मानिसहरू र पशुहरू दुवैलाई म ध्वंस पार्नेछु। आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्वंस पार्नेछु। म पृथ्वीबाट मानिस-जातिलाई नष्ट पार्नेछु, र दुष्टहरूका निम्ति ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्छ।
4
“म यहूदाको विरुद्धमा र यरूशलेममा बस्नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु।
5
घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई,
6
परमप्रभुको पछि लाग्न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्ट पार्नेछु।
7
परमप्रभु परमेश्वरको सामु चूप लाग, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, र आफूले निम्त्याउनुभएका पाहुनाहरूलाई उहाँले पवित्र पार्नुभएको छ।
8
परमप्रभुको त्यस बलिदानको दिनमा म राजकुमारहरू, राजाका छोराहरू र विदेशी लुगा लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु।
9
त्यस दिन सँघारमा खुट्टाले नटेक्ने, र आफ्ना देवताहरूको मन्दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु।
10
परमप्रभु भन्नुहुन्छ, “त्यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्तिर जानेछन्।
11
हे बजार भएको ठाउँमा बस्ने हो, चिच्च्याएर रोओ। तिमीहरूका सबै व्यापारीहरू खतम हुनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नष्ट हुनेछन्।
12
त्यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्नेछु, र ढुक्क भएर बस्नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।
13
तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन् तर तिनमा बस्न पाउनेछैनन्। तिनीहरूले दाखबारी लगाउनेछन् तर त्यसको दाखमद्य पिउन पाउनेछैनन्।
14
“परमप्रभुको महादिन नजिकै छ, र त्यो चाँड़ै आउँदैछ। ध्यानसित सुन। परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्यहाँ योद्धाको चिच्च्याई ठूलो हुनेछ।
15
त्यो दिन क्रोधको दिन हुनेछ, विपत् र वेदनाका दिन, कष्ट र सर्वनाशको दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन,
16
किल्ला भएका सहरहरू र कुनाका धरहराहरूका विरुद्धमा तुरही र लड़ाइँको सोरको दिन।
17
म मानिसहरूमाथि सङ्कष्ट ल्याउनेछु, र तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्। तिनीहरूको रगत धूलोसरि र तिनीहरूका आन्द्रा-भुँड़ीहरू फोहोरसरि फ्याँकिनेछन्।
18
परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्म पारिनेछ, किनकि पृथ्वीमा बस्नेहरू सबैलाई उहाँले अचानक भस्म पार्नुहुनेछ।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3