bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zephaniah 3
Zephaniah 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
बागी, अशुद्ध र अत्याचारी सहरलाई धिक्कार!
2
त्यसले कसैको आज्ञा मान्दैन, सही कुरालाई ग्रहण गर्दैन। त्यसले परमप्रभुमा भरोसा राख्दैन, त्यो आफ्ना परमेश्वरको नजिकमा आउँदैन।
3
त्यसका अधिकारीहरू गर्जने सिंहहरू, र त्यसका शासकहरूचाहिँ बिहानसम्म केही बाँकी नराख्ने साँझका ब्वाँसाहरू हुन्।
4
त्यसका अगमवक्ताहरू हठी छन्। तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पूजाहारीहरूले पवित्रस्थानलाई अपवित्र पार्छन्, र तिनीहरूले व्यवस्थालाई उल्टापाल्टा पार्छन्।
5
त्यसको बीचमा रहनुभएको परमप्रभु धर्मात्मा हुनुहुन्छ। उहाँ कुनै खराबी गर्नुहुन्न। उहाँले बिहानैपिच्छे न्याय गर्नुहुन्छ। प्रत्येक नयाँ दिन उहाँ चुक्नुहुन्न, तापनि अधर्मीलाई लाज लाग्दैन।
6
“मैले जाति-जातिहरूलाई नाश गरेको छु। तिनीहरूका गढ़हरू उजाड़ पारिएका छन्। मैले तिनीहरूका सड़कहरू निर्जन तुल्याइदिएको छु। तिनमा कोही हिँड्दैनन्। तिनीहरूका सहरहरू नष्ट भएका छन्, त्यहाँ एउटै पनि छोड़िनेछैन।
7
मैले सहरलाई भनें, ‘तैंले निश्चय नै मेरो त्रास मान्नेछस्, मेरो ताड़ना ग्रहण गर्नेछस्।’ तब त्यसको बस्ने ठाउँ त्यागिनेथिएन, र मेरा सबै दण्डहरू त्यसमाथि पर्नेथिएनन्। तर भ्रष्टतापूर्वक सबै काम गर्नलाई तिनीहरू झन् बढ़ी उत्सुक भए।
8
“यसकारण,” परमप्रभु भन्नुहुन्छ, “गवाही दिन म खड़ा हुने दिनसम्म तिमीहरू मलाई पर्खिरहो। जाति-जातिहरूलाई जम्मा गर्न र राज्य-राज्यलाई भेला गर्न, अनि तिनीहरूमाथि मेरो रीस पोखाउन, सबै रीस पूरा खन्याउन मैले निर्णय गरेको छु। सम्पूर्ण पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।
9
त्यस बेला देश-देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून् र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्।
10
कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, छरपष्ट भएका मेरा प्रजाले मेरो निम्ति भेटी ल्याउनेछन्।
11
त्यस दिन मप्रति गरेका तेरा सबै दुष्ट्याइँको कारण तँलाई शर्म पर्नेछैन, किनभने आफ्नो घमण्डमा खुशी हुनेहरूलाई यस सहरको बीचबाट म निकाल्नेछु। मेरो पवित्र डाँड़ामा तँ फेरि कहिल्यै अहङ्कारी हुनेछैनस्।
12
तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोड़िराख्नेछु, जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्।
13
इस्राएलका बाँकी रहेकाहरूले कुनै गल्ती गर्नेछैनन्। तिनीहरूले झूट बोल्नेछैनन्, न तिनीहरूका मुखमा छल पाइनेछ। तिनीहरू खानेछन् र पल्टेर बस्नेछन्, र कसैले तिनीहरूलाई भयभीत तुल्याउनेछैन।”
14
हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्!
15
तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन।
16
त्यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्।
17
परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ। उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ।
18
“नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्ति भार र लाज हुन्।
19
तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्ट भएकाहरूलाई म जम्मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्मान दिनेछु।
20
त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु, र त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूको सौभाग्य तिमीहरूकै नजरको सामुन्ने फर्काएर ल्याउनेछु, तब पृथ्वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्नुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3