bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zephaniah 2
Zephaniah 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
ए शर्मलाग्दो जाति हो, तिमीहरू एकसाथ जम्मा होओ, एकसाथ जम्मा होओ,
2
नियुक्त गरिएको समय आउन अघि नै, र भुसजस्तै त्यो दिन बितेर जान अघि, परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउन अघि, र परमप्रभुका क्रोधको दिन तिमीहरूमाथि आउन अघि नै।
3
हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ।
4
गाजा निर्जन हुनेछ, र अश्कलोन भग्नावशेष भएर छोड़िनेछ। मध्यदिनमा अश्दोद खाली पारिनेछ, र एक्रोनचाहिँ उखेलिनेछ।
5
समुद्रको किनारमा रहने करेती जातिलाई धिक्कार! परमप्रभुको वचन तिमीहरूका विरुद्धमा छ, हे कनान, पलिश्तीहरूको देश। “तँमा कुनै बासिन्दा नरहने गरी म तँलाई नाश गर्नेछु।”
6
समुद्रका किनारको देश, जहाँ करेतीहरू बस्छन्, त्योचाहिँ गोठालाहरू र भेड़ाहरूका निम्ति बस्ने ठाउँ हुनेछ।
7
त्यो यहूदाका घरानाको बाँकी रहेकाहरूका निम्ति हुनेछ। त्यहाँ तिनीहरूले खर्क पाउनेछन्। साँझमा तिनीहरू अश्कलोनका घरहरूमा सुत्नेछन्। परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूको वास्ता गर्नुहुनेछ। उहाँले तिनीहरूको सौभाग्य फर्काउनुहुनेछ।
8
“मोआबको र अम्मोनीहरूको ठट्टा मैले सुनेको छु, जसले मेरो प्रजालाई अपमान गरेका छन् र उनीहरूका देशको विरुद्धमा धम्की दिएका छन्।
9
यसैकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म जीवित रहेझैँ, निश्चय नै मोआब सदोमजस्तै र अम्मोनीहरू गमोराजस्तै झार-जङ्गल र नूनका खाल्डा भएको ठाउँ, र सदासर्वदाको निम्ति रूखो जमिन हुनेछन्। मेरो प्रजाका बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्, र मेरो प्रजाका बचेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।”
10
तिनीहरूका घमण्डको सट्टा तिनीहरूले यही पाउनेछन्, किनभने तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको प्रजालाई अपमान र ठट्टा गरेका थिए।
11
जब उहाँले देशका सबै देवताहरूलाई नष्ट पार्नुहुनेछ, तब तिनीहरूका निम्ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्येकले आफ्नै भूमिमा।
12
“हे कूशी हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”
13
उहाँले उत्तर दिशाको विरुद्धमा आफ्नो हात पसारेर अश्शूरलाई सर्वनाश गर्नुहुनेछ। उहाँले निनवेलाई पूर्ण रूपमा उजाड़ र मरुभूमिजस्तो सुक्खा तुल्याउनुहुनेछ।
14
पशुका बथान र बगाल, सबै किसिमका प्राणी त्यहाँ सुत्नेछन्। मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराले त्यहाँका स्तम्भमा गुँड़ लगाउनेछन्। तिनीहरूको कराइ झ्यालहरूबाट प्रतिध्वनित हुनेछ। बाटोहरूमा रोड़ा-ढुङ्गाका टुक्राहरू हुनेछन्, देवदारुका दलिनहरू खुलस्त देखिनेछन्।
15
यो त त्यही सुरक्षितसाथ निर्धक्क बस्ने सहर हो, जसले आफ्नो हृदयमा भन्दथ्यो, “म नै हुँ, मबाहेक अरू कोही छैन।” त्यो कस्तो भग्नावशेष भयो, वन-पशुहरूको ओड़ार। त्यताबाट भएर जानेहरू सबैले त्यसको गिल्ला गर्दै मुक्का देखाउँछन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3
Recommended Reading
Commentary
Zephaniah Commentaries
→
Devotional
Zephaniah Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→