bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Amos 3
Amos 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 4 →
1
हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:
2
“पृथ्वीका सारा घरानाका बीचबाट मैले केवल तिमीहरूलाई मात्र चुनेको छु; यसकारण म तिमीहरूलाई तिमीहरूका सबै पापहरूको दण्ड दिनेछु।”
3
के एक-आपसमा सहमत नभएसम्म दुई जना सँगसँगै हिँड्छन् र?
4
के जङ्गलमा शिकार नै नभेटी सिंह गर्जन्छ र? के सिंहले केही फेला नपारीकन त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?
5
के पासोमा चारो राखिएको छैन भने, चरो पासोमा पर्छ र? के पासोमा केही परेको छैन भने, त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?
6
जब सहरमा तुरही फुकिन्छ, तब के मानिसहरू डरले काम्दैनन् र? जब सहरमा विपत्ति आउँछ, के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?
7
निश्चय नै प्रभु याहवेहले आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई प्रकट नगरी केही पनि गर्नुहुन्न।
8
सिंह गर्जेको सुनेर, को भयभीत नहोला र? प्रभु याहवेहले बोल्नुभएको छ; अनि कसले अगमवाणी गर्दैन र?
9
अश्दोदका किल्लाहरू र इजिप्टका किल्लाहरूलाई घोषणा गर: “सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ; त्यसभित्र भएको ठूलो अशान्ति र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”
10
याहवेह घोषणा गर्नुहुन्छ, “कसरी उचित काम गर्ने भन्ने कुरा तिनीहरूलाई थाहा नै छैन; तिनीहरूले खोसेका र लुटेका मालसामानहरू तिनीहरूका किल्लाहरूमा थुपार्छन्।”
11
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ; त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ, र तिमीहरूका किल्लाहरूलाई लुटपाट गर्नेछ।”
12
याहवेह यसो भन्नुहुन्छ: “जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ, त्यसरी नै सामरियामा बस्ने इस्राएलीहरू, पलङको कुना र गद्दीमा बस्ने थोरै मानिसहरू मात्र बचाइनेछन्।”
13
प्रभु याहवेह, सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।
14
“जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु, म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु; वेदीका चारैतिरका सिङहरू काटिनेछन्, र ती भुइँमा खस्नेछन्।
15
म गर्मीका महल सँगसँगै हिउँदका महललाई पनि भत्काउनेछु; हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्, र दरबारहरू भत्काइनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9