bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Amos 8
Amos 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 9 →
1
प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो।
2
उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिए, “पाकेको फलको एउटा डालो।” त्यसपछि याहवेहले मलाई भन्नुभयो, “मेरा मानिस इस्राएलीहरूको समय पूरा भएको छ; म तिनीहरूलाई अब उसो छोड्नेछैनँ।”
3
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्नाटा हुनेछ!”
4
खाँचोमा परेकाहरूलाई कुल्चनेहरू, हे देशका गरिबहरूलाई त्याग्नेहरू हो, यो कुरा सुन।
5
तिमीहरू यसो भन्छौ, “औँसीको दिन कहिले बित्छ र हामी अन्न बेच्न सक्छौँ; अनि शब्बाथ कहिले समाप्त हुन्छ र हामी गहुँ बेच्न सक्छौँ?” अर्थात् नापतौलमा ठगेर, मूल्य बढाएर र छली ढक तराजु चलाएर ठग्न सक्छौँ;
6
गरिबलाई चाँदीले, र खाँचोमा परेकालाई एक जोडी जुत्तामा किनेर कसिङ्गर सरहको गहुँ बेच्न सक्छौँ।
7
याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ।
8
“के यसको निम्ति देश काम्दैन र? अनि त्यहाँ बस्ने सबैले विलाप गर्दैनन् र? सारा देश नील नदीझैँ उठ्नेछ; इजिप्टको नदीझैँ यो उर्लनेछ र घट्नेछ।”
9
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म सूर्यलाई मध्यदिनमा नै अस्ताइदिनेछु, र दिनको उज्यालोमा नै पृथ्वीलाई अन्धकार तुल्याइदिनेछु।
10
म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा र तिमीहरूका सबै गीतहरू विलापमा परिवर्तन गरिदिनेछु। म तिमीहरू सबैलाई भाङ्ग्राको कपडा पहिरन लगाउनेछु, र तिमीहरूका कपाल खौरन लगाउनेछु। म त्यस समयलाई एउटै छोराको निम्ति शोक गरेझैँ बनाइदिनेछु, र त्यस दिनको अन्त्य सारै तितो हुनेछ।”
11
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल पठाउनेछु; तब अन्न अथवा पानीको तिर्खाको अनिकाल होइन, तर याहवेहको वचन सुन्ने तिर्सनाको अनिकाल हुनेछ।
12
याहवेहको वचनको खोजी गर्दै मानिसहरू, एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्; अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्, तर तिनीहरूले भेट्टाउनेछैनन्।”
13
त्यस दिन, “सुन्दरी युवतीहरू र बलिया युवाहरू तिर्खाले मूर्च्छा पर्नेछन्।
14
सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्, ‘तिम्रो देवता दानको जीवनको शपथ,’ ‘बेर्शेबाको देवताको जीवनको शपथ,’ तिनीहरू सबै ढल्नेछन्, फेरि कहिल्यै उठ्न सक्नेछैनन्।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9