bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Amos 6
Amos 6
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 7 →
1
धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसाथ बसेका छौ; अनि धिक्कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ; धिक्कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
2
कल्नेह सहरमा जाओ र त्यसलाई हेर; त्यहाँबाट हमात सहरमा जाओ; अनि तल पलिश्तीको गातमा जाओ। के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र? के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र?
3
तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ, र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ।
4
तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ, र सोफाहरूमा ढल्कन्छौ। तिमीहरू असल भेडाहरू र मोटा बाछाहरू खान्छौ।
5
तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ, र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्दछौ।
6
तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ, र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ, तर योसेफको विनाशमाथि शोक गर्दैनौ।
7
यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ; तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ।
8
प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ: “म याकोबको घमण्डलाई घृणा गर्छु, र त्यसका किल्लाहरूलाई घृणा गर्छु; म यस सहर र यसमा भएका सबैलाई शत्रुको हातमा सुम्पिदिनेछु।”
9
यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्।
10
यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।”
11
किनकि याहवेहले आज्ञा दिनुभएको छ; अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ।
12
के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र? के कसैले समुद्रमा गोरुहरूले जोत्छ र? तर तिमीहरूले त न्यायलाई विषमा र धार्मिकताका फलचाहिँ तितोमा परिणत गरिदिएका छौ,
13
अर्थात् तिमीहरू लो-देबार सहरलाई जितेकोमा आनन्द मनाउँछौ, र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम सहरलाई कब्जा गरेका होइनौँ र?”
14
किनकि याहवेह सेनाहरूका परमेश्वर घोषणा गर्नुहुन्छ, “हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु; त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै तिमीहरूमाथि अत्याचार गर्नेछ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9