bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Daniel 1
Daniel 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
1
यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र त्यसलाई घेरा हाले।
2
अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे।
3
त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे—
4
जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्ने थियो।
5
राजाले तिनीहरूलाई दैनिक भोजनका निम्ति राजाकै टेबुलबाट खाना र दाखमद्य दिनलाई आदेश दिएका थिए। तिनीहरूले तीन वर्षसम्म तालिम प्राप्त गर्नुपर्नेथियो; अनि त्यसपछि तिनीहरू राजाको सेवामा प्रवेश हुनुपर्नेथियो।
6
चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए।
7
प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।
8
तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे।
9
परमेश्वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो;
10
तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।”
11
तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने,
12
“बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्।
13
त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।”
14
यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे।
15
दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्टपुष्ट देखिए।
16
यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए।
17
ती चार जवान मानिसहरूलाई परमेश्वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।
18
राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे।
19
राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए।
20
राजाले तिनीहरूलाई बुद्धि र समझको बारेमा जस्तोसुकै प्रश्न सोधे तापनि राजाले तिनीहरूलाई आफ्ना राज्यभरि भएका सबै जादुगर र तन्त्रमन्त्र गर्नेहरूभन्दा दश गुणा असल भेट्टाए।
21
अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12