bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Daniel 9
Daniel 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
1
अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी राज्यको शासक तुल्याइएका थिए—
2
तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ।
3
यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्वरतिर फर्केँ।
4
मैले याहवेह मेरा परमेश्वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: “हे प्रभु, महान् र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ;
5
हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ।
6
हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए।
7
“हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ।
8
हे याहवेह, हामी र हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरू शर्मले ढाकिएका छौँ; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।
9
प्रभु, हाम्रा परमेश्वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ।
10
हामीले याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ।
11
सारा इस्राएलका मानिसहरूले तपाईंको व्यवस्था उल्लङ्घन गरेका छन्, र तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गर्दै तर्किगएका छन्। “यसकारण परमेश्वरको सेवक मोशाको व्यवस्थामा लेखिएका श्रापहरू र शपथद्वारा फैसला गरिएका न्यायहरू हामीमाथि खन्याइएका छन्; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ।
12
तपाईंले हाम्रा र हाम्रा शासकहरूका विरुद्धमा बोलिएका वचनहरू हामीमाथि ठूलो विपत्ति ल्याएर पूरा गर्नुभएको छ। आकाशमुनि सारा संसारभरि कहिल्यै पनि नआएको विपत्ति यरूशलेममाथि आयो।
13
मोशाको व्यवस्थामा लेखिएको जस्तै हामीमाथि सबै विपत्तिहरू आएका छन्, तापनि हामीले आफ्ना पापहरू त्यागेर तपाईंको सत्यतामा ध्यान दिएर हामीले याहवेह आफ्ना परमेश्वरको निगाह खोजेका छैनौँ।
14
यसकारण हामीमाथि विपत्ति ल्याउनलाई याहवेह हिच्किचाउनुभएन; किनकि याहवेह हाम्रा परमेश्वरले गर्नुहुने सबै कुरामा उहाँ धर्मी हुनुहुन्छ; तापनि हामीले उहाँका आज्ञाहरू पालन गरेका छैनौँ।
15
“अब, हे प्रभु, हाम्रा परमेश्वर, जसले आफ्ना मानिसहरूलाई सामर्थी हातद्वारा इजिप्टबाट बाहिर ल्याउनुभयो; अनि जसले आफ्नै निम्ति मानिसहरूका बीचमा एउटा असल नाम राख्नुभयो, जुन नाम आजको दिनसम्म नै याद गरिन्छ। हामीले पाप गरेका छौँ; हामीले भूल गरेका छौँ।
16
हे प्रभु, तपाईंका सबै धार्मिक कामहरू कायम राख्नुहोस्; अनि आफ्नो रिस र क्रोधलाई तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटाउनुहोस्। हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूले यरूशलेम र तपाईंका मानिसहरूलाई हाम्रा चारैतिर भएका मानिसहरूका निम्ति निन्दाको पात्र बनाइदिएका छन्।
17
“अब, हे हाम्रा परमेश्वर, तपाईंको सेवकको प्रार्थना र अन्तर्बिन्ती सुन्नुहोस्। तपाईंको नामको खातिर, हे प्रभु, तपाईंको उजाड पवित्रस्थानलाई निगाहको दृष्टिले हेर्नुहोस्।
18
हे हाम्रा परमेश्वर, कान थाप्नुहोस् र सुन्नुहोस्; तपाईंको आँखा खोल्नुहोस्, र तपाईंको नाम बोकेको सहरको उजाड अवस्था हेर्नुहोस्। हामी धर्मी भएका कारणले तपाईंलाई बिन्ती गरेका होइनौँ, तर तपाईंको महान् कृपाको कारणले गर्दा बिन्ती गर्छौँ।
19
हे प्रभु, सुन्नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।”
20
जब म बोलिरहेको थिएँ, र प्रार्थना गरिरहेको थिएँ, तब आफ्नो पाप र मेरो जाति इस्राएलको पाप स्वीकार गर्दै र उहाँको पवित्र पर्वतको निम्ति याहवेह, मेरा परमेश्वरकहाँ बिन्ती गर्दैथिएँ—
21
जब म प्रार्थना गरिरहेको थिएँ, तब मैले मेरो पहिलेको दर्शनमा देखेको मानिस गाब्रिएल साँझको बलिदानको समयमा हतार-हतार गरी मकहाँ आए।
22
तिनले मलाई व्याख्या गरेर भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्दृष्टि र समझशक्ति दिनलाई तिमीकहाँ आएको हुँ।
23
तिमीले प्रार्थना सुरु गर्न थाल्ने बित्तिकै एउटा आज्ञा दिइयो, जुन आज्ञा म तिमीलाई भन्न आएको छु; किनकि तिमी धेरै सम्मानित छौ। यसकारण वचनमाथि विचार गर र दर्शनलाई बुझ:
24
“तिम्रा जाति र तिम्रो पवित्र सहरको अधर्म समाप्त गर्न, पापको अन्त्य गर्न, दुष्टताको निम्ति प्रायश्चित गर्न, अनन्तको धार्मिकता ल्याउन, दर्शन र अगमवाणीमा मोहोरछाप लगाएर बन्द गर्न र महा-पवित्रस्थानलाई अभिषेक गर्नलाई तिम्रा मानिसहरूका निम्ति सत्तरी ‘सातहरू’ आदेश गरिएका छन्।
25
“यो कुरा जान र बुझ: यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्ने उर्दी जारी गरिएको समयदेखि अभिषिक्त जन, शासक नआएसम्म सात वटा ‘सातहरू’ र बयसट्ठी वटा ‘सातहरू’ हुनेछन्। सडकहरू र गल्लीहरू समेत पुनर्निर्माण हुनेछन्, तर कष्टको समयमा यस्तो हुनेछ।
26
ती बयसट्ठी वटा ‘सातहरू’ पछि अभिषिक्त जन मारिनेछन्, र तिनको निम्ति केही पनि रहनेछैन। आउने मानिसहरूका शासकले सहर र पवित्रस्थानलाई नष्ट गर्नेछ। अन्तचाहिँ बाढीझैँ आउनेछ: बयसट्ठी सातहरूको आखिरसम्म र उजाड अवस्थाको आदेश नआएसम्म युद्ध चलिरहनेछ।
27
त्यसले एक ‘सात’ सम्मको निम्ति धेरैसँग एउटा करार पक्का गर्नेछ। त्यस ‘सात’ को बीच भागमा त्यसले बलिदान र भेटीको अन्त्य गरिदिनेछ। मन्दिरको एक भागमा त्यसले उजाड पार्ने घृणित कुरा खडा गर्नेछ, जबसम्म तोकिएको अन्त्यको समय त्यसमाथि खन्याइदैन।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12