bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Micah 1
Micah 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 2 →
1
याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए।
2
हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन! हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन! याहवेह आफ्नो पवित्र मन्दिरबाट, प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्!
3
हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूलाई टेक्नुहुन्छ।
4
उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्।
5
यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो। इस्राएलका मानिसहरूका पापहरूको कारणले गर्दा हो। याकोबको अपराध के हो त? के यो सामरिया होइन र? यहूदाको उच्च स्थान के हो? के त्यो यरूशलेम होइन र?
6
“यसकारण म सामरियालाई भग्नावशेष, र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु। म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु।
7
त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्; त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्; म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु। किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई; अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।”
8
यसैकारण म रुँदै विलाप गर्नेछु; म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु। म स्यालले जस्तै कराउनेछु, र उल्लुले जस्तै बिलौना गर्नेछु।
9
किनकि सामरियाको घाउ निको नहुने किसिमको छ; त्यो यहूदासम्म नै फैलिएको छ। त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ। त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ।
10
गातलाई यो कुरा नसुनाओ; तिमीहरू रुँदै नरोओ! बेथ-ओप्रामा धुलोमा लडीबुडी गर।
11
हे शाफीरका बासिन्दाहरू हो, नाङ्गा र लज्जित भएर निस्किजाओ। सानानका बासिन्दाहरू, बाहिर आउनेछैनन्। बेथ-एजेल शोकमा छ; अब त्यसले तिमीहरूलाई सुरक्षा गर्दैन।
12
मारोतमा बस्नेहरू सहायताको पर्खाइमा पीडाले छटपटाइरहेका छन्; किनकि याहवेहबाट आएको विपत्ति यरूशलेमको ढोकासम्म नै आइपुगेको छ।
13
हे लाकीशमा बस्नेहरू हो, वेगले दौडने घोडाहरूलाई रथमा कस। सियोनकी छोरीका निम्ति लाकीशबाट नै पाप सुरु भएको थियो; किनकि तिमीहरूमा नै इस्राएलले गरेजस्तै अपराधहरू भेट्टाइएको थियो।
14
यसकारण तिमीहरूले नै मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ। इस्राएलका राजाहरूका निम्ति अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ।
15
हे मारेशामा बस्नेहरू हो, म तिमीहरूका विरुद्धमा एक जना विजेतालाई ल्याउनेछु। इस्राएलका प्रतिष्ठित अगुवाहरू अदुल्लाम सहरमा भाग्नेछन्।
16
आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ, तिनीहरूको शोकमा आफ्नो केश खौर; तिमीहरूले आफूलाई तालु खुइले गिद्धजस्तै बनाओ; किनकि तिनीहरूलाई तिमीहरूदेखि टाढा निर्वासनमा लगिनेछ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7