bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Micah 4
Micah 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 5 →
1
अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्।
2
धेरै राष्ट्रहरू आएर भन्नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
3
उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
4
हरेक मान्छे आफ्नै दाखको बोटमुनि र आफ्नै नेभाराको रूखमुनि बस्नेछ; अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन; किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ।
5
सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा सदासर्वदै हिँड्नेछौँ।
6
याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु; म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु, जसमाथि मैले शोक ल्याएको थिएँ।
7
म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु, देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु। त्यसपछि याहवेहले सियोन पर्वतमा, तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ।
8
तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।”
9
अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्, के तेरा निम्ति कुनै राजा छैनन्? के तेरो शासक नष्ट भएको छ? के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्?
10
हे सियोनकी छोरी यरूशलेम, एउटी प्रसव-वेदनामा परेकी स्त्रीजस्तै व्यथामा छटपटा; किनकि अब तैँले यो सहर छोड्नुपर्छ, र तैँले खुला मैदानमा छाउनी हाल्नुपर्छ। तँ बेबिलोनमा जानेछस्; त्यहाँ तँलाई छुटकारा दिइनेछ। त्यहाँ याहवेहले तँलाई तेरा शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ।
11
तर अहिले धेरै राष्ट्रहरू तेरो विरुद्धमा एकसाथ भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्ट पारियोस् र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!”
12
तर तिनीहरूले याहवेहका विचारहरू जान्दैनन्; तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्; किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ।
13
“हे सियोनकी छोरी, उठ् र दाइँ गर्; किनकि म तँलाई फलामका सिङहरू दिनेछु; म तँलाई पित्तलका खुरहरू दिनेछु, र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।” तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई, तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7