bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Micah 5
Micah 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 6 →
1
हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्; किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकको गालामा डण्डाले हिर्काउनेछन्।
2
“तर तँचाहिँ, हे बेथलेहेम एप्राता, यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्, तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ, जसले इस्राएलमाथि शासन गर्नुहुनेछ, जसको सुरु पुरानो समयदेखि, प्राचीनकालदेखि नै छ।”
3
यसकारण तबसम्म इस्राएल त्यागिनेछ, जबसम्म प्रसव-वेदनामा परेकी स्त्रीले एउटा पुत्र जन्माउदिन, र त्यसका बाँकी रहेका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्न आउँदैनन्।
4
याहवेहको शक्तिमा, याहवेह आफ्ना परमेश्वरको महिमित नाममा उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्; त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ।
5
अनि उहाँ हाम्रा शान्तिका परमेश्वर हुनुहुनेछ, जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्, र हाम्रा किल्लाहरूबाट भएर यात्रा गर्छन्। हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू, र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ।
6
तिनीहरूले अश्शूर देशलाई तरवारले शासन गर्नेछन्; निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्। जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न, र हाम्रा सिमानाहरू मिच्न आउनेछन्, तब उहाँले हामीलाई तिनीहरूका हातबाट छुटाउनुहुनेछ।
7
याकोबका बाँकी रहेकाहरू धेरै जातिहरूका बीचमा हुनेछन्; याहवेहबाट आएको शीतजस्तै, घाँसमाथि परेको झरीजस्तै हुनेछन्; तिनीहरूले न त कसैलाई पर्खन्छन्, न त कुनै मानिसमाथि भर पर्छन्।
8
याकोबका बाँकी रहेकाहरू राष्ट्रहरूका बीचमा, धेरै जातिहरूका बीचमा हुनेछन्। जङ्गली जनावरहरूका बीचमा भएको सिंहजस्तै भेडाको बथानको बीचमा भएको जवान सिंहजस्तै हुनेछन्; जसले कुल्चीमिल्ची पार्दै र फहराउँदै हिँड्छन्; अनि कसैले पनि तिनीहरूबाट बचाउन सक्दैन।
9
तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्ट पारिनेछन्।
10
याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म तिमीहरूका घोडाहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूका रथहरूलाई नष्ट पार्नेछु।
11
म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूका सबै बलिया किल्लाहरू भत्काइदिनेछु।
12
म तिमीहरूका तन्त्रमन्त्र नष्ट गर्नेछु, र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ।
13
म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई तिमीहरूका बीचबाट नष्ट गर्नेछु; अब उसो तिमीहरूले आफ्ना हातले बनाएका कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ।
14
म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु; यसरी म तिमीहरूका सहरहरूलाई सर्वनाश गरिदिनेछु।
15
मेरो आज्ञा नमानेका राष्ट्रहरूसँग म मेरो रिस र क्रोधमा बदला लिनेछु।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7