bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Romans 15
Romans 15
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
1
हामी विश्वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्न तुल्याउने हुनुहुन्न।
2
हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ।
3
किनकि ख्रीष्ट आफैँले पनि आफूलाई प्रसन्न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।”
4
किनकि विगतमा जे लेखिए, त्यो हामीलाई शिक्षाका निम्ति लेखिएका थिए, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौँ।
5
धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मनजस्तै एक-अर्काप्रति एकताको मन देऊन्,
6
ताकि तिमीहरू एउटै मन र एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको महिमा गर्न सक।
7
जसरी ख्रीष्टले तिमीहरूलाई परमेश्वरको प्रशंसाका निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर।
8
म तिमीहरूलाई भन्दछु, परमेश्वरको सत्यताका लागि ख्रीष्ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्चित हुन सकोस्।
9
गैरयहूदीहरूले परमेश्वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूको बीचमा तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसा गाउनेछु।”
10
फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द मनाओ।”
11
अनि फेरि, “प्रभुको स्तुति गर; हे सबै गैरयहूदीहरू हो, र पृथ्वीका सबै जातिहरू हो, उहाँको प्रशंसा गर।”
12
अनि फेरि यशैयाले भन्दछन्, “यिशैको वंशमा एक जना सन्तान प्रकट हुनुहुनेछ, जो सबै राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।”
13
उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।
14
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म स्वयम् विश्वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ।
15
तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु। किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ
16
कि म गैरयहूदीहरूका लागि ख्रीष्ट येशूको सेवक हुन सकूँ। उहाँले मलाई परमेश्वरको सुसमाचार घोषणा गर्ने पुजारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्।
17
यसकारण मेरा परमेश्वरप्रतिको सेवामा म ख्रीष्ट येशूमा गर्व गर्छु।
18
मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्ने आँट गर्दिनँ।
19
अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूद्वारा परमेश्वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्लिरिकमसम्म मैले ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु।
20
मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्।
21
बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।”
22
यही सेवकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु।
23
तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको हुनाले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण,
24
म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु।
25
तर अहिले म यरूशलेममा प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु।
26
किनकि म्यासिडोनिया र अखैयाका विश्वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्।
27
तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यो भेटीका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिष्मा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने गैरयहूदीहरूका भौतिक आशिष्मा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ।
28
यो काम गरिसकेपछि र यो भेटी उनीहरूलाई सुम्पिसकेपछि म स्पेन जानेछु र त्यही बेला म तिमीहरूकहाँ आउनेछु।
29
म जान्दछु, जब म त्यहाँ आउँछु, तब ख्रीष्टका आशिष्को भरपूरीमा आउनेछु।
30
मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन।
31
यहूदियाका अविश्वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका भेटी त्यहाँका प्रभुका जनहरूका निम्ति स्वीकार्य होस्,
32
ताकि म परमेश्वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ।
33
शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून्! आमेन।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16