bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Romans 7
Romans 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
1
दाजुभाइ-दिदीबहिनीहरू हो, के तिमीहरू जान्दैनौँ? म व्यवस्था जान्नेहरूसँग बोल्दैछु। व्यवस्थाको अधिकार कुनै पनि व्यक्तिमाथि ऊ जीवित रहुन्जेल मात्र रहन्छ।
2
किनकि एउटी विवाहित स्त्री आफ्ना पति जीवित रहुन्जेल मात्र व्यवस्थाद्वारा पतिसँग बाँधिएकी हुन्छे; तर उसको पतिको मृत्युपछि ऊ त्यो विवाह बन्धनको व्यवस्थाबाट स्वतन्त्र हुन्छे।
3
यदि आफ्नो पति जीवित छँदै उसले अन्य पुरुषसँग यौन सम्बन्ध राखी भने ऊ व्यभिचारिणी कहलाइन्छे। तर उसको पतिको मृत्यु भयो भने ऊ विवाहको व्यवस्थाबाट स्वतन्त्र हुन्छे र अन्य पुरुषसँग विवाह गरिन् भने ऊ व्यभिचारिणी हुँदिन।
4
यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लागि मरेका छौ, ताकि तिमीहरू मृत्युबाट पुनर्जीवित पारिनुभएका ख्रीष्टका हुन सक। अनि परमेश्वरका निम्ति फल फलाउन सक।
5
किनकि जब हामी पापमय स्वभावको नियन्त्रणमा थियौँ, व्यवस्थाले जगाएका पापमय अभिलाषाहरूले हाम्रो शरीरमा काम गर्दथ्यो। यसैले हामीले मृत्युको लागि फल फलाउने गर्दथ्यौँ।
6
तर अब हामी व्यवस्थाबाट स्वतन्त्र भइसकेका छौँ। ताकि जे कुराले हामीलाई नियन्त्रण गरेको थियो, त्यसका लागि मरेका छौँ, र पुरानो लिखित व्यवस्थामा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्न सकौँ।
7
अब हामी के भनौँ त? व्यवस्था पाप हो त? पक्कै पनि होइन! वास्तवमा व्यवस्था नभएको भए, पाप के हो भन्ने कुरा मैले थाहा पाउने नै थिइनँ। व्यवस्थाले “लोभ नगर” नभनेको भए लोभ के हो भन्ने कुरा मैले जान्ने नै थिइनँ।
8
तर पापले व्यवस्थाको आज्ञाको फाइदा उठाएर मभित्र हरेक प्रकारका खराब अभिलाषाहरू उत्पन्न गरायो। व्यवस्थाविना पाप मरेतुल्य हो।
9
एक पटक म व्यवस्थाविना जीवित थिएँ। तर जब आज्ञा आयो, तब पाप जीवित भयो र मचाहिँ मरेँ।
10
जुन आज्ञाले जीवन दिनुपर्थ्यो, त्यही आज्ञाले ममा मृत्यु ल्याएको कुरा मैले थाहा पाएँ।
11
आज्ञाले ल्याएको मौकाको फाइदा उठाएर पापले मलाई झुक्कायो, र यसैद्वारा मलाई मार्यो।
12
त्यसो भए तापनि व्यवस्था पवित्र छ, र आज्ञा पनि पवित्र, धार्मिक र असल छ।
13
जे असल छ, त्यही गरेँ, तर के त्यो मेरो निम्ति मृत्यु भयो त? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्न गर्यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पापमय बन्न सकोस्।
14
हामीलाई थाहा छ, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु।
15
म के गर्दछु, सो म बुझ्दिनँ। किनकि जे म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर म जे घृणा गर्दछु, त्यही गर्दछु।
16
अनि यदि म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने व्यवस्था असल छ भनी म सहमत हुन्छु।
17
यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ।
18
किनकि म जान्दछु, ममा केही असल कुराको बास छैन अर्थात् मेरो शारीरिक स्वभावमा केही असल कुराले बास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ।
19
किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्नँ, त्यही म गरिरहन्छु।
20
अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ।
21
यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्टता मेरो छेउमा मसँगै हुन्छ।
22
किनकि मेरो भित्री हृदयमा परमेश्वरको व्यवस्थामा म खुशी हुन्छु।
23
तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। जो मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ।
24
हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने?
25
परमेश्वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्टले मलाई स्वतन्त्र गराउनुहुन्छ! यसकारण म स्वयम् मेरो मनमा परमेश्वरको व्यवस्थाको सेवक हुँ, तर मेरो शारीरिक स्वभावमा पापको व्यवस्थाको सेवक हुँ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16