bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Romans 2
Romans 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
1
यसकारण ए मानिस, तिमी जोसुकै भए तापनि तिमीलाई केही बहाना छैन। किनभने तिमी जुन कुरामा अरूलाई दोष लगाउँछौ, त्यही कुरामा आफूलाई पनि दोषी तुल्याइरहेका छौ। किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमी दोष लाउनेले पनि त्यही काम गरिरहेका हुन्छौ।
2
हामी जान्दछौँ, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ।
3
यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ?
4
अथवा परमेश्वरको दयाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने कुराको आभाष नगरी, तिमी परमेश्वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?
5
तर तिम्रा आफ्ना हठी स्वभाव र अपश्चात्तापी हृदयका कारण, परमेश्वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।
6
परमेश्वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।”
7
परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्।
8
तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ।
9
दुष्ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्ट आइपर्नेछ: पहिले यहूदीहरूलाई, त्यसपछि गैरयहूदीहरूलाई।
10
तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई।
11
किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
12
सबै जसले व्यवस्थाविना पाप गरेका छन्, व्यवस्थाविना नै नाश पनि हुनेछन् तर जसले व्यवस्था जानेर पनि पाप गरेका छन्, तिनीहरूको न्याय पनि व्यवस्थाअनुसार नै गरिनेछ।
13
किनकि व्यवस्था सुन्नेहरू परमेश्वरका सामु धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।
14
वास्तवमा जब गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए तापनि तिनीहरू आफैँ व्यवस्था हुन्छन्।
15
तिनीहरू परमेश्वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको देखाउँछन्। तिनीहरूका आफ्नै विवेकले पनि गवाही दिन्छ, र कहिले तिनीहरूको विचारले तिनीहरूलाई दोष्याउँछ, र कहिले तिनीहरूले गरेका कामको समर्थन गर्छ।
16
यो त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।
17
अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्वरसँगको सम्बन्धमा गर्व गर्दछौ।
18
तिमीहरू उहाँको इच्छा जान्दछौ। उत्तम कुरा के हो, त्यो तिमीहरूलाई थाहा छ। किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ।
19
दृष्टिविहीनलाई बाटो देखाउन सक्छु भन्ने तिमीमा निश्चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ।
21
तिमी, जो अरूलाई सिकाउँछौ, के आफैँलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्न भनी प्रचार गर्छौ, तर तिमी आफूचाहिँ चोरी गर्छौ?
22
तिमी व्यभिचार नगर्नू भनी भन्छौ, तर आफैँचाहिँ व्यभिचार गर्छौ र? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी आफैँचाहिँ मन्दिरहरू लुट्छौ?
23
तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अनादर गर्छौ?
24
धर्मशास्त्रमा यसरी लेखिएको छ: “तिमीहरूका कारणले गैरयहूदीहरूको बीचमा परमेश्वरको नामको निन्दा भएको छ।”
25
यदि व्यवस्थाको पालन गर्यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्लङ्घन गर्यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ।
26
खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र?
27
तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्।
28
बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो।
29
बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16