bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Chronicles 10
1 Chronicles 10
Nepali ERV (पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 11 →
1
पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए।
2
पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए।
3
शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए।
4
तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्। अनि मलाई लज्जित बनाउने छैनन् जब तिनीहरू आउँदा।” शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैलाई मार्न आपनै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे।
5
हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि उ तरवारको चुच्चयोमा लडेर आत्माहत्या गरे।
6
यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो।
7
बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे।
8
भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए।
9
पलिश्तीहरूले शाऊलको शरीरबाट मूल्यवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनी लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए।
10
पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए।
11
याबेश गिलाद शहरमा बस्ने सबै मानिसहरूले पलिश्ती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने।
12
याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।
13
शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूतप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।
14
तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29