bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Chronicles 18
1 Chronicles 18
Nepali ERV (पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 19 →
1
पछि दाऊदले पलिश्ती मानिसहरूलाई आक्रमण गरे। तिनले पलिश्तीहरूलाई परास्त गरे। तिनले गात शहर अनि त्यसका वरिपरिका सा-साना अरू शहरहरू पलिश्ती मानिसहरूबाट लिए।
2
त्यस पछि दाऊदले मोआब देशलाई परास्त गरे। मोआबीहरू दाऊदका सेवक बने। तिनीहरूले दाऊदलाई कर तिर्थे।
3
दाऊदले हदर-एजेरको सेनाहरू विरूद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडे। दाऊदले यसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य यूफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए।
4
दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनकिहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि अपाङ्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइदिए।
5
अरामी मानिसहरू दमीशक शहरबाट हदर-एजेरलाई सहायता गर्न आए। हदर-एजेर सोबाका राजा थिए। तर दाऊदले तिनलाई परास्त गरे र 22,000 अरामी सैनिकहरूलाई मारिदिए।
6
दाऊदले अराममीहरूको राज्य दमीशका शहरमा सेना लगेर बसाए। अरामी मानिसहरू दाऊदका सेवक भए अनि तिनीकहाँ कर ल्याउन थाले। यसरी परमप्रभुले दाऊदलाई जहाँ गए ता पनि विजय गराउनुभयो।
7
दाऊदले हदर-एजेरका सेना प्रधानहरूबाट सुनका ढालहरू लिए अनि ती यरूशलेममा ल्याए।
8
दाऊदले तेबह अनि कून-शहरहरूबाट धेरै मात्रामा काँसा पनि ल्याए। ती शहरहरू हदर-एजेरका थिए। पछि सुलेमानले त्यो काँसालाई काँसाको कुण्ड, काँसाका स्तम्भ र काँसाका विभिन्न भाँडाहरू मन्दिरको निमार्ण गर्नको निम्ति प्रयोगगरे।
9
तोऊ हमात शहरका राजा थिए। हदर-एजेर सोबाका राजा थिए। तोऊले हदर-एजेरका सबै सेनालाई दाऊदले परास्त पारे भन्ने कुरा सुने।
10
यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले यसो गरे किन भने दाऊद हदर-एजेरका विरूद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अघि तोऊ सँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि कांसा द्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए।
11
दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।
12
अबीशै, सरूयाहका छोराले 18,000 एदोमी मानिसहरूलाई नूनको बेंसीमा मारे।
13
अबीशैले एदोममा किल्लाहरू बसाए अनि सबै एदोमीहरू दाऊदका सेवक बनाए। परमप्रभुले दाऊदलाई तिनी जहाँ सुकै गए पनि विजय दिलाउनु भयो।
14
दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो।
15
योआब सरूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशापात, अहीलूदको छोरा दाऊदले गरेका कार्यहरूको विषयमा लेखे।
16
सादोक अनि अबीमेलेक पूजाहारीहरू थिए। सादोक अहीतूबका छोरा थिए अनि अहीमेलेक एबियातारका छोरा थिए। शब्शा लेखपाल थिए।
17
बनायाह करेती अनि पेलेथीहरूका अगुवाइ गर्ने जिम्मामा थिए। बनायाह यहोयादाका छोरा थिए। अनि दाऊदका छोराहरू मुख्य अधिकारीहरू थिए। तिनीहरू राजा दाऊद संग सेवागर्थे। अम्मोनीहरूले दाऊदका मानिसहरूलाई लज्जित तुल्याउँछन्
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29