bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Chronicles 5
1 Chronicles 5
Nepali ERV (पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 6 →
1
इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो। परिवारिक इतिहासमा रूबेनको नाउँ जेठा छोराको रूपमा लेखिएको छैन। यहूदा आफ्ना भाइहरू भन्दा अधिक बलवान भए यसर्थ तिनका परिवारबाट प्रधानहरू आए। तर यूसुफका परिवारले अन्य सुविधाहरू पाए जो सबै भन्दा जेठा छोराले पाउँथे। रूबेनका छोराहरू हनोक, पल्लू, हेस्रोन अनि कर्मी थिए।
4
यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए।
5
शिमीका छोरा मीका थिए। मीकाका छोरा रायाह थिए। रायाहका छोरा बाल थिए।
6
बालका छोरा बेरा थिए। अश्शूरका राजा तिग्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह रूबेन परिवार समूहका एक अगुवा थिए।
7
योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह,
8
अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे।
9
बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरूभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरु थिए।
10
जब शाऊल राजा थिए। बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे।
11
गाद कुल समूहका मानिसहरू रूबेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे।
12
बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए।
13
तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अशुल्लाम, शेबा, योरै, याकान, जीआ अनि एबेर थिए।
14
ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए।
15
अही अब्दीएलका छोरा थिए। अब्दीएल गूनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए।
16
गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका सा-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै र्खकहरूमा बस्थे।
17
योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।
18
मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए।
19
तिनीहरूले हगारीहरू र यतूर, नापीश अनि नोदाबका मानिसहरूसित युद्ध शुरू गरे।
20
मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित यहायता मागे किनभने तिनीहरूले उहाँमा भरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हग्रीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हग्रीहरूसित थिए।
21
तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे।
22
धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।
23
मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।
24
मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए।
25
तर ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले पुज्ने परमेश्वरको विरूद्ध पाप गरे। तिनीहरूले त्यस भूमिका देवताहरूको पूजा गर्न शुरू गरे। परमेश्वरले ती मानिसहरू जसलाई पहिले ध्वस्त गर्नु भएको थियो।
26
इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पूल अश्शूरका राजा थिए। तिनलाई तिग्लत पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29