bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
2 Kings 12
2 Kings 12
Nepali ERV (पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 13 →
1
योआशले येहू इस्राएलका राजा हुँदा सातौं वर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 वर्ष शासन गरे। योआशकी आमाको नाउँ बेर्शेबाकी सिब्या थियो।
2
योआशले त्यही कार्य गरे जो परमप्रभुले सही भन्नुभएको थियो। योआशले जीवनमा परमप्रभुको आदेश पालनगरे। उनले ती कार्यहरू गरे जो पूजाहारी यहोयादाले उनलाई सिकाए।
3
तर उनले अग्ला ठाउँहरू भत्काएनन् मानिसहरू तब सम्म पनि ती पूजा स्थनहरूमा बलिहरू दिने गर्दथे अनि सुगन्धि धूप जलाउँने गर्दथे।
6
तर पूजाहारीहरूले मर्मतको काम गरेनन्। योआश राजा भएको 23 औं वर्षमा पूजाहारीहरूले अझै पनि मन्दिरको मर्मत गरेनन्।
7
यसकारण राजा योआशले पूजाहारी यहोयादा अनि अन्य पूजाहारीहरूलाई बोलाए। योआशले यहोयादा र अरू पूजाहारीहरूलाई भने, “तिमीहरूले मन्दिरको मर्मत गरेका छैनौ? सेवा गरे वापत मानिसहरूबाट धन लिन बन्द गर। त्यो धन मन्दिरको मर्मतमा खर्च हुनु पर्छ।”
8
पूजाहारीहरू मानिसहरूबाट धन लिन बन्द गर्न राजी भए। तर तिनीहरूले मन्दिर मर्मत नगर्ने निर्णय पनि लिए।
9
यसकारण पूजाहारी यहोयादाले एउटा सन्दूक ल्याए अनि त्यसको माथि एउटा प्वाल बनाए। त्यसपछि यहोयादाले सन्दूकलाई वेदीको दक्षिणतिर राखे। यो सन्दूक ढोकाको छेऊमा थियो जहाँबाट मानिसहरूले परमप्रभुको मन्दिरमा आउने गर्द थिए। केही पूजाहारीहरूले मन्दिरको द्वारपथको पाले काम गर्दथे। ती पूजाहारीहरूले धन लिने गर्दथे जो मानिसहरू परमप्रभुलाई चढाउने गर्दथे अनि तिनीहरू त्यो धन सन्दूकमा राख्ने गर्दथे।
10
तब मानिसहरूले रूपियाँ सन्दूकमा हाल्न थाले जब तिनीहरू मन्दिर जाने गर्दथे। जहिले राजाका सचिब अनि महा पूजाहारी सन्दूकमा थुप्रै रूपियाँ देख्थे, तिनी आउँथे अनि सन्दूकबाट रूपियाँ निकाल्थे। तिनीहरू रूपियाँ थैलोमा राख्थे अनि गन्ती गर्दथे।
11
तब तिनीहरू परमप्रभुको मन्दिरमा काम गर्ने कर्मीहरूलाई भुक्तानी (ज्याला) दिनेगर्दथे। तिनीहरू सिकर्मी र अरू डकर्मीलाई भुक्तानी दिन्थे। जो परमप्रभुको मन्दिरमा काम गर्दथे।
12
तिनीहरूले त्यो रूपियाँ ढुंङ्गाको काम गर्ने अनि ढुंङ्गाकाट्नेहरूलाई भुक्तानी दिनमा उपयोग गर्दथे। अनि तिनी त्यो काठ, काटेको ढुंङ्गा अनि अरू चीज मन्दिर मर्मतका सामाग्री किन्नुमा प्रयोग गर्दथे।
15
कसैले कुनै रूपियाँ गन्ती गरेन र रूपियाँ के भयो भनी कुनै कर्मीहरूलाई भन्न वाध्य गराएन। किनभने कर्मीहरूलाई विश्वास गर्न सकिन्थ्यो।
16
मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पूजाहारीहरूको हुने गर्दथ्यो।
17
हजाएल अरामका राजा थिए। हजाएल गात शहरको विरूद्ध युद्ध गर्नगए। हजाएलले गातलाई पराजित गरे। त्यसपछि उनले यरूशलेमको विरूद्ध युद्ध गर्ने योजना बनाए।
18
यहोशापात, यहोराम र अहज्याह यहूदाका राजाहरू भइसकेका थिए। तिनीहरू योआशका पिता-पुर्खाहरू थिए। तिनीहरूले परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। ती चीजहरू मन्दिरमा राखिएका थिए। योआशले पनि परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। योआशले ती सबै चीजहरू सबै सुन लगे जो मन्दिर र उनको घरमा राखिएको थियो। तब योआशले सबै ती बहूमुल्य चीजहरू अरामका राजा हजाएलकहाँ पठाए। तब हजाएलले यरूशलेमलाई आक्रमण गर्न रोके।
19
बाँकी रहेका कुराहरू त्यो योआशले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
20
योआशका अधिकारीहरूले उनको विरोधमा योजनाहरू बनाए। तिनीहरूले योआशलाई सिल्लासम्म जाने सडकमाथि मिल्लोको घरमा मारे।
21
शिम्मातका छोरा योजाबाद अनि शोमेरका छोरा यहोजाबाद योआशका अधिकारीहरू थिए। ती मानिसहरूले योआशलाई मारे। मानिसहरूले योआशलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडे। योआशका छोरा अमस्याह उनीपछि नयाँ राजा भए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25