bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
2 Kings 8
2 Kings 8
Nepali ERV (पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 9 →
1
एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किन? किनभने परमप्रभुले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात वर्ष सम्म रहने छ।”
2
यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सातवर्ष सम्म बसि।
3
सात वर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।
4
राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”
5
गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजलाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।”
6
राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले भनी। तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको पनि अन्न दिनु।”
7
एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”
8
तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”
9
यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”
10
तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।”‘ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।”‘
11
एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले।
12
हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?” एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”
13
हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।” एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस्।”
14
त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”
15
तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेन-हददको अनुहार छोप्यो अनि सास थुन्यो। बेन-हददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो। योराम आफ्नो शासन शुरू गर्छन्
16
यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ वर्ष शासन शुरू गरे।
17
योराम 32 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ वर्ष शासन गरे।
18
तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।
19
तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सँधै नै राजा हुनेछ।
20
योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।
21
तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे।
22
यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।
23
योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
24
योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।
25
आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं वर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए।
26
अहज्याह 22 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक वर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्।
27
अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25