bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
2 Kings 5
2 Kings 5
Nepali ERV (पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 6 →
1
नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि उपयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
2
अरामी सेनाले इस्राएलमा लडाइँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई।
3
यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”
4
नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई।
5
तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।” यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए।
6
नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”
7
जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”
8
परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”
9
यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए।
10
एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”
11
नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ।
12
दमीशक्का नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशक्का ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।
13
तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।”‘
14
यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।
15
नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”
16
तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।” नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे स्वीकार गर्नु हुन्न भने, “मेरो निम्ति यति काम गर्नुहवस्।
17
मेरा खच्चरहरूमा इस्राएलबाट दुइभारी धूलो भर्न दिनुहवस्। किनभने म अरू कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चडाउनेछु।
18
अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।”
19
तब एलीशाले नामानलाई भने, “शान्ति संग जाऊ।” यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे।
20
तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”
21
यसकारण गेहजी नामानतिर दगुरे। नामानले कसैलाई आफूतिर दगुरेको देखे। उनी गेहजी सँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीकठाक छ?”
22
गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीकठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लुगाहरू देऊ।”
23
नामानले भने, “कृपया दुइ तोडा लैजाऊ!” नामानले गेहजीलाई चाँदी लिनका लागि राजी गराए। नामानले दुइवटा थैलोमा दुइ तोडा चाँदी हाले अनि दुइजोर फेर्ने लुगा लिए। तब नामानले ती चीजहरू आफ्ना दुइ सेवकहरूलाई दिए। सेवकहरूले ती चीजहरू गेहजीसम्म पुर्याए।
24
जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए।
25
गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?” गेहजीले भने, “म कत्तै गएको थिइन।”
26
एलीशाले गेहजीलाई भने, “त्यो साँचो होइन! मेरो मुटु तँसगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन।
27
अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सँधैका लागि कुष्ठ हुनेछ।” जब गेहजीले एलीशालाई छोडयो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25