bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 John 2
1 John 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
1
प्यारा बालकहरू हो, तिमीहरूले पाप नगर भनेर तिमीहरूलाई यो लेख्दै छु। तर कसैले पाप गरिहाल्यो भने पनि हाम्रो पक्षमा परमेश्वरसँग बिन्ती गरिदिनुहुने एक जना धार्मिक येशू ख्रीष्ट हामीसँग हुनुहुन्छ।
2
उहाँ हाम्रो पाप मेट्न नै बलिदान हुनुभएको हो। हाम्रो लागि मात्र होइन, तर सबै मानिसका लागि हो।
3
हामीले उहाँको आज्ञा मान्ने गर्यौं भने साँच्चै हामीले उहाँलाई चिनेका रहेछौं भनेर थाहा हुन्छ।
4
कसैले उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञा मान्दैन भने त्यो झूटो हो अनि त्यसमा सत्य हुँदैन।
5
तर जसले उहाँको वचन मान्ने गर्छ, उसले परमेश्वरलाई पूरा प्रेम गरेको हुन्छ। यसैबाट हामी उहाँमा छौं भनेर जान्नेछौं।
6
परमेश्वरमा छु भन्ने मानिसले ख्रीष्टकै जस्तो चालचलनमा हिँड्नुपर्छ।
7
प्रिय भाइहरू, तिमीहरूलाई लेखेको यो आज्ञा नयाँ होइन। तर सुरुदेखि नै चलिआएको पुरानो आज्ञा हो अनि तिमीहरूले सुनेका शिक्षा नै पुरानो आज्ञा हो।
8
तैपनि मैले लेख्न लागेका आज्ञाचाहिँ नयाँ हो। यसको सत्य ख्रीष्टमा देखा परेको छ र तिमीहरूमा पनि देखिन्छ किनभने अँध्यारो हराउँदै जाँदै छ र उज्यालो आउन थालिसकेको छ।
9
कसैले उज्यालोमा छु भन्छ तर आफ्नो भाइलाई नै हेला गर्छ भने त्यो अझै अन्धकारमा नै छ।
10
आफ्नो भाइलाई माया गर्नेचाहिँ उज्यालोमा हुन्छ र अरूलाई बाधा हुने कुनै कुरा उसमा हुँदैन।
11
भाइलाई हेला गर्नेचाहिँ अँध्यारोमा हुन्छ। अँध्यारोमा हिँड्दा कहाँ जाँदै छ, उसलाई पत्तो हुँदैन किनभने अँध्यारोको कारणले आँखा देख्दैन।
12
प्यारा बालकहरू, ख्रीष्टको नाउँका खातिर तिमीहरूका पाप मेटिएका हुनाले तिमीहरूलाई म यो लेख्दै छु।
13
बुबाहरू हो, सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिन्छौ। यसकारण म तिमीहरूलाई लेख्दै छु। तन्नेरीहरू हो, तिमीहरूले दुष्ट शैतानलाई जितेका छौ। त्यसैकारण म तिमीहरूलाई लेख्दै छु।
14
बालकहरू हो, तिमीहरूले परमेश्वर पितालाई चिनेका छौ। त्यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। बुबाहरू हो, जो सुरुदेखि नै हुनुहुन्छ, उहाँलाई तिमीहरू चिन्दछौ। त्यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। तन्नेरीहरू हो, तिमीहरू बलिया छौ अनि परमेश्वरको वचन तिमीहरूभित्र रहेको छ। तिमीहरूले दुष्ट शैतानलाई जितेका छौ। त्यसैकारण तिमीहरूलाई लेखेको हुँ।
15
संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्वरलाई प्रेम गर्दैन।
16
संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्छा र जीवनको घमण्ड— यी कुराहरू परमेश्वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्।
17
संसार र संसारका कुइच्छाहरू नाश भएर जान्छन्, तर परमेश्वरको इच्छामा लागिरहने मान्छेचाहिँ सधैँभरि रहिरहन्छ।
18
मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं।
19
तिनीहरू हाम्रा थिएनन् र त्यसैले हामीलाई छोडेर गए। यदि हाम्रा भए हामीसँगै रहने थिए। तिनीहरू हाम्रा होइनन् भन्ने कुरा छर्लङ्ग हुन तिनीहरूले हामीलाई छोडेका हुन्।
20
तर तिमीहरूलाई चाहिँ ख्रीष्टले पवित्र आत्मा खन्याइदिनुभएको छ र सत्य तिमीहरू सबैले जान्दछौ।
21
तिमीहरू सत्यलाई चिन्दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्यलाई चिन्दछौ भनेरै लेखेको हुँ। सत्यबाट झूटो निक्लिँदैन भन्ने कुरा पनि तिमीहरूलाई थाहै छ।
22
अनि झूटो को हो त? येशू ख्रीष्ट मुक्तिदिने राजा हुनुहुन्न भन्ने नै झूटो हो। त्यस्तो व्यक्ति नै ख्रीष्टविरोधी हो। यसले परमेश्वर पिता र पुत्र कसैलाई मान्दैन।
23
पुत्रलाई नमान्नेले पितालाई नै मान्दैन अनि पुत्रलाई मान्नेले पितालाई पनि मान्दछ।
24
त्यसो हुँदा तिमीहरूले सुरुदेखि नै सुनेका शिक्षालाई मनमा लिइराख। तिमीहरूले सुनेका शिक्षा तिमीहरूको मनमा छ भने परमेश्वर पिता र पुत्रमा तिमीहरू पनि रहनेछौ।
25
उहाँले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन यही नै हो।
26
यी सबै कुरा तिमीहरूलाई भर्माउनेहरूको बारेमा लेखेको हुँ।
27
तर तिमीहरूमाथि चाहिँ ख्रीष्टले आफ्नो पवित्र आत्मा खन्याइदिनुभएको छ। तिमीहरूमा पवित्र आत्मा रहनुभएसम्म कसैले पनि तिमीहरूलाई सिकाउनुपर्दैन किनभने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुन्छ। उहाँले सिकाउनुभएको कुरा सत्य हुन्छ, झूटो हुँदैन। पवित्र आत्माले दिनुभएको शिक्षा मानेर ख्रीष्टमा रहने गर।
28
मेरा बालकहरू, उहाँमा रहो र उहाँ देखा पर्नुहुँदा हामीले साहस पाउनेछौं अनि उहाँ आउनुहुने त्यो दिन उहाँको अघि हामीले लाज मान्नुपर्नेछैन।
29
ख्रीष्ट धर्मी हुनुहुन्छ भनी तिमीहरूलाई थाहै छ। त्यसो हुँदा तिमीहरूले जान्नुपर्दछ कि परमेश्वरको अघि ठीक हुने काम गर्नेचाहिँ परमेश्वरकै सन्तान हुन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
All chapters:
1
2
3
4
5