bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 John 5
1 John 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
येशूलाई मुक्ति दिने राजा ख्रीष्ट भनेर विश्वास गर्ने जति सबै परमेश्वरका सन्तान हुन्। पितालाई प्रेम गर्नेले पुत्रलाई पनि प्रेम गर्छ।
2
परमेश्वरलाई प्रेम गरेर अनि उहाँको आज्ञा मानेर नै उहाँका सन्तानलाई हामी प्रेम गर्छौं भन्ने थाहा हुन्छ
3
किनभने परमेश्वरको आज्ञा मान्नु नै उहाँलाई प्रेम गर्नु हो। उहाँका आज्ञाहरू त्यति कठिन छैनन्
4
किनभने परमेश्वरको प्रत्येक सन्तानले संसारलाई नै जित्न सक्नेछ। हाम्रो विश्वासले नै हामी संसारलाई जित्छौं।
5
कसले संसार जित्न सक्छ? येशूलाई परमेश्वरका पुत्र भनेर विश्वास गर्नेले नै संसार जित्छ।
6
येशू ख्रीष्ट पानी र रगतले आउनुभयो, पानीले मात्र होइन, रगतले पनि हो। यो सत्य हो भनी पवित्र आत्मा नै साक्षी हुनुहुन्छ किनभने पवित्र आत्मा नै सत्य हुनुहुन्छ।
7
तीनैवटा साक्षीहरू छन्:
8
आत्मा, पानी र रगत। यी तीनैवटाले एउटै साक्षी दिन्छन्।
9
मान्छेले दिएको साक्षीमा हामी विश्वास गर्दछौं। तर परमेश्वरले दिनुभएको साक्षी अझ बलियो छ। परमेश्वरले नै आफ्नो पुत्रको बारेमा साक्षी दिनुभएको छ।
10
त्यसो हुँदा परमेश्वरको पुत्रमाथि विश्वास गर्नेको आफ्नै हृदयभित्र यही साक्षी हुन्छ। तर परमेश्वरमा विश्वास नगर्नेचाहिँ परमेश्वरको साक्षीलाई नै झूटो सम्झन्छ किनभने पुत्रको बारेमा परमेश्वरले दिनुभएको साक्षीलाई नै पत्याउँदैन।
11
साक्षी यही हो: परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवनको मुहान उहाँका पुत्रमा छ।
12
परमेश्वरको पुत्र हुनेसँग जीवन हुन्छ, पुत्र नहुनेसँग जीवन हुँदैन।
13
अनन्त जीवन पाएका छौ भनी तिमीहरूलाई थाहा होस् भनेर नै परमेश्वरका पुत्रमा विश्वास गर्ने तिमीहरूलाई यो लेख्दै छु।
14
परमेश्वरको इच्छाअनुसार केही कुरा हामीले माग्दा उहाँले सुन्नुहुन्छ भनेर नै उहाँका अगाडि जाने आँट गर्छौं।
15
हामीले जहिले मागे पनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ। यो सत्य हो भनी जानेको हुनाले हामीले यो पनि जान्दछौं कि उहाँसित मागेका कुरा हामी पाउँछौं।
16
कसैले आफ्नो भाइलाई मृत्युमा नपुर्याउने पाप गरिरहेको देख्छ भने परमेश्वरसित प्रार्थना गरिदेओस् र परमेश्वरले उसलाई जीवन दिनुहुनेछ। तर योचाहिँ मृत्युमा नपुर्याउने पाप गर्नेको लागि मात्र हो। मृत्युमा पुर्याउने पाप पनि छ। तर म तिमीहरूलाई यसको लागि प्रार्थना गर्न भन्दिनँ।
17
सबै खराब काम जति पाप हो। तर सबै पापले मृत्युसम्म पुर्याउँदैन।
18
परमेश्वरको बालकले पाप गरिरहँदैन किनभने परमेश्वरका पुत्रले उसलाई जोगाउनुहुन्छ र शैतानले उसलाई हानि गर्न सक्दैन। यो हामीलाई थाहै छ।
19
पूरै संसार शैतानको अधीनमा भए पनि हामीचाहिँ परमेश्वरका सन्तान हौं भनी हामीलाई थाहा छ।
20
परमेश्वरको पुत्र आउनुभयो र उहाँले हामीलाई साँचो परमेश्वरलाई चिन्ने ज्ञान पनि दिनुभयो। यो हामीलाई थाहा छ। हामी उहाँका पुत्र येशू ख्रीष्टमा भएकोले साँचो परमेश्वरमा छौं। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ र यही अनन्त जीवन हो।
21
मेरा बालकहरू, तिमीहरू मूर्तिहरूबाट अलग बस।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5