bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 John 4
1 John 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
प्यारा भाइहरू, आफूसँग पवित्र आत्मा हुनुहुन्छ भन्ने जति सबैलाई विश्वास नगर, तर तिनीहरूसँग परमेश्वरको आत्मा हो कि होइन, जाँचेर हेर किनभने धेरै झूटा अगमवक्ताहरू पनि जताततै गएका छन्।
2
येशू ख्रीष्ट मानिस हुनुभयो भन्ने आत्मा नै परमेश्वरका आत्मा हुनुहुन्छ। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्नेछौ।
3
येशूलाई यसरी मानिस हुनुभयो भनी नमान्ने आत्माचाहिँ परमेश्वरको आत्मा होइन। यो आत्माचाहिँ ख्रीष्ट-विरोधीबाट आएको हो। त्यो आउँछ भनेर तिमीहरूले सुनेका छौ र त्यो अहिले नै संसारमा आइसकेको छ।
4
मेरा बालक हो, तिमीहरू परमेश्वरका हौ र तिमीहरूले झूटा अगमवक्ताहरूलाई जितेका छौ किनभने तिमीहरूमा हुनुहुने पवित्र आत्माचाहिँ संसारमा हुनेहरूमा भएको आत्माभन्दा शक्तिशाली हुनुहुन्छ।
5
उनीहरू संसारका हुनाले संसारकै कुरा गर्छन् र उनीहरूले भनेका कुरा संसारकै मानिसहरूले सुन्छन्।
6
तर हामी त परमेश्वरका हौं र जसले परमेश्वरलाई चिनेको छ, उसले हाम्रो कुरा सुन्छ। जो परमेश्वरको मानिस होइन, उसले हाम्रो कुरा सुन्दैन। यसरी नै हामीले साँचो आत्मा र झूट आत्मा छुट्ट्याउन सक्छौं।
7
प्रिय मित्रहरू, हामीले एक-अर्कालाई प्रेम गरौं किनभने प्रेम परमेश्वरबाट आएको हो। प्रेम गर्ने परमेश्वरकै बालक हो र उसले परमेश्वरलाई चिन्दछ।
8
प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
9
परमेश्वरले हामीलाई यसरी प्रेम देखाउनुभयो कि उहाँका पुत्रबाट हामीले जीवन पाऔं भनेर उहाँले आफ्नो एक मात्र पुत्रलाई संसारमा पठाउनुभयो।
10
हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको लागि बलिदान हुन आफ्नो पुत्रलाई पठाउनुभयो। प्रेम भनेको यही नै हो।
11
प्यारा मित्रहरू, परमेश्वरले यसरी हामीलाई प्रेम गर्नुभएको हो भने हामीले पनि एक-अर्कालाई प्रेम गरौं।
12
कसैले कहिल्यै परमेश्वरलाई देखेको छैन। तर हामीले एक-अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीभित्र रहनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
13
यसरी हामी परमेश्वरमा रहन्छौं र उहाँ पनि हामीमा रहनुहुन्छ भन्ने थाहा हुन्छ किनभने उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ।
14
परमेश्वर पिताले आफ्ना पुत्रलाई संसारमा मुक्ति दिन पठाउनुभएको हामीले देख्यौं र यसैको साक्षी दिन्छौं।
15
येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने मानिसभित्र परमेश्वर बस्नुहुन्छ र परमेश्वरमा ऊ बस्छ।
16
हामी आफैंले पनि परमेश्वरले हामीलाई प्रेम गर्नुभएको बुझ्दछौं र यसैमा भरोसा राख्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। प्रेममा लागिरहने मानिस परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ।
17
यसरी नै हामीमा सिद्ध प्रेम भएको हुन्छ र न्यायको दिनमा हामी डराउनुपर्दैन किनभने ख्रीष्टजस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै छौं।
18
प्रेममा डर हुँदैन। सिद्ध प्रेमले डर धपाइदिन्छ। डरले नै सजाय हुन्छ भनेर देखाउँछ र डराउने मानिसमा सिद्ध प्रेम हुँदैन।
19
परमेश्वरले नै पहिले हामीलाई प्रेम गर्नुभएको हुनाले हामी पनि प्रेम गर्छौं।
20
कसैले परमेश्वरलाई प्रेम गर्छु भन्छ र आफ्नो भाइलाई हेला गर्छ भने त्यो झूटो हो। आफूले देखेको भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ?
21
जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ। यही नै ख्रीष्टले हामीलाई दिनुभएको आज्ञा हो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5