bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Thessalonians 2
1 Thessalonians 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
1
दाजुभाइहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट त्यसै खेर गएन। यो त तिमीहरूलाई थाहै छ।
2
त्यहाँ आउनुअघि फिलिप्पीका मानिसहरूले हामीहरूलाई दु:ख दिए र हाम्रो बेइज्जती नै गरे। यो कुरा पनि तिमीहरूलाई थाहै छ। तैपनि परमेश्वरले हामीहरूलाई साहस दिनुभयो र धेरै विरोधी हुँदाहुँदै पनि हामीहरूले तिमीहरूलाई सुसमाचार सुनाइछोड्यौं।
3
हामीले सिकाएका शिक्षामा झूटो कुरा, नराम्रो विचारको वा कुनै छल-कपट थिएन।
4
परमेश्वरले हामीलाई विश्वास गरेर नै सुसमाचार सुनाउने जिम्मा दिनुभयो। यसैकारण हामीहरू उहाँको इच्छामा बोल्छौं। हामी मानिसहरूलाई होइन तर हाम्रो मन जाँच्नुहुने परमेश्वरलाई खुसी पार्न चाहन्छौं।
5
तिमीहरूलाई पनि राम्रैसँग थाहा छ, हामीले तिमीहरूसँग चापलुसे कुरा गरेनौं, नता कुनै कुरा पाउने लोभले नै यो गर्यौं। परमेश्वर नै यसको साक्षी हुनुहुन्छ।
6
हामीले तिमीहरूबाट र अरू कुनै मानिसबाट प्रशंसा खोजेनौं। हुन त हामी ख्रीष्टको राजदूत भएकोले हामीलाई ठूलो हुने हक थियो।
7
तर हामी केटा-केटीको हेर-विचार गर्ने धाईझैँ नम्र पो भयौं।
8
साँच्चै तिमीहरूलाई हामीले माया गरेका छौं। तिमीहरूको यति धेरै माया लाग्छ कि परमेश्वरको सुसमाचार मात्र होइन, हाम्रो जीवनै दिन पनि तयार भएका थियौं।
9
दाजुभाइहरू हो, तिमीहरूलाई याद छ, सुसमाचार सुनाउँदा पनि हामीले कसैलाई भार नपरोस् भनेर आफ्ना लागि रातदिन मरिमेटेर काम गर्यौं।
10
तिमी विश्वासीसँग रहँदा हामी पवित्र, ठीक र निर्दोष भएर रह्यौं। यसको परमेश्वर र तिमीहरू आफैं साक्षी छौ।
11
तिमीहरूलाई नै थाहा छ, बुबाले आफ्ना छोराछोरीलाई गरेझैँ तिमीहरूसँग हामीले व्यवहार गर्यौं। हामीले कसरी परमेश्वरको मनपर्दो बाटोमा हिंड्न तिमीहरूलाई साहस दियौं,
12
जुन परमेश्वरले तिमीहरूलाई उहाँको राज्य र सम्मान्मा पस्न डाक्नुभएको हो।
13
हामीले तिमीहरूलाई परमेश्वरको शिक्षा दिंदा तिमीहरूले यसलाई मानिसको शिक्षा नसम्झेर परमेश्वरकै शिक्षा हो भनेर मान्यौ। हुन पनि साँच्चै यो परमेश्वरकै शिक्षा थियो। यस शिक्षाले अहिले पनि विश्वास गर्ने तिमीहरूमा काम गरिरहेकै छ। यसैकारणले पनि हामी परमेश्वरलाई धन्यवाद चढाइरहन्छौं।
14
मेरा दाजुभाइहरू, तिमीहरू पनि येशू ख्रीष्टमा विश्वास गर्ने यहूदियामा भएका परमेश्वरका मण्डलीहरूजस्तै भएका छौ किनभने यहूदियाको मण्डलीहरूले इस्राएलीबाट जस्तो दु:ख-कष्ट भोगे, त्यस्तै तिमीहरूले पनि आफ्नै जातिका मानिसहरूबाट भोग्यौ।
15
तिनै इस्राएलीहरूले ख्रीष्ट येशू र अगमवक्ताहरूलाई पनि मारे र हामीहरूलाई लखेटे। तिनीहरूले परमेश्वरलाई मननपर्ने काम गरे र सबै मानिसका विरोधी भए।
16
तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा सुनाउन दिएनन्। यसरी तिनीहरूले लगातार आफ्ना पापको घैला भर्दैगए। आखिरमा परमेश्वरको रिस तिनीहरूमाथि पर्यो।
17
दाजुभाइहरू, तिमीहरूबाट छुट्टिएर एक छिन शरीरमा देख्न नपाए पनि मन-विचारमा छुट्टिएका छैनौं। हाम्रो तिमीहरूलाई फेरि भेट्ने धेरै ठूलो इच्छा छ।
18
हामी तिमीहरूकहाँ आउन खोज्यौं। म पावल चाहिँ घरीघरी आउन निक्कै कोसिस गरें तर शैतानले हामीलाई आउनै दिएन।
19
हाम्रा प्रभु येशू ख्रीष्ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्द, घमण्ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र?
20
साँच्चै तिमीहरू नै हाम्रो आनन्द र सम्मान् हौ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
All chapters:
1
2
3
4
5