bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Thessalonians 5
1 Thessalonians 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
दाजुभाइहरू, यी कुराहरू कहिले र कुन बेला हुन्छ भनेर तिमीहरूलाई लेखिरहनुपर्दैन।
2
राती चोर आएझैँ प्रभु आउने दिन पनि आउनेछ। यो तिमीहरूलाई पूरै थाहा छ।
3
मानिसहरूले सबैतिर शान्ति छ, केही गोल-माल छैन भनेर भन्छन्। त्यसै बेला एक्कासि आइमाईलाई व्यथा लागेझैँ आपत् आइलाग्नेछ र तिनीहरू उम्कन पाउनेछैनन्।
4
दाजुभाइहरू, तिमीहरू अन्धकारमा छैनौ। त्यसो हुँदा प्रभु आउने दिन तिमीहरूको लागि चोरझैँ अचानक आउनेछैन
5
किनभने तिमीहरू दिन र उज्यालाका सन्तान हौ। हामी रात र अन्धकारका मानिस होइनौं।
6
त्यसकारण अरूले झैँ हामीले सुत्नुहुँदैन, तर चेत राखेर जागा रहिरहनुपर्दछ।
7
सुत्ने मानिस रातमै सुत्छन् अनि जँड्याहा पनि रातमै मात्तिन्छन्।
8
तर हामीहरू त दिनका सन्तान भएका हुनाले हामी होशमा रहिरहौं। हामीले विश्वास र प्रेमको कवच लगाऔं अनि टोपझैँ मुक्तिको आशालाई पहिरिऔं।
9
परमेश्वरले हामीमाथि आफ्नो रिस खन्याउन छान्नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्नुभएको हो।
10
उहाँ आउनुहुँदा हामी मरे पनि, बाँचे पनि उहाँसँगै जिउन प्रभु येशू हाम्रो सट्टामा मर्नुभयो।
11
यसैकारण अहिले गरेझैँ तिमीहरूले एक-अर्कालाई उत्साह दिने र बलियो बनाउने काम गर।
12
दाजुभाइहरू, तिमीहरूका माझमा दिलो ज्यानले प्रभुको काम गर्ने अगुवाहरूलाई र शिक्षा दिनेहरूलाई नभुल।
13
तिनीहरूले गरेका कामको लागि प्रेमले तिनीहरूको ठूलो आदर गर अनि आपसमा मेलमिलाप राख।
14
अल्छीहरूलाई सम्झाओ। हरेस खानेहरूलाई हौसला देओ र कमजोरहरूलाई सहायता गर अनि सबैलाई सहो।
15
तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सधैँ एक-अर्कालाई र सबै मानिसहरूलाई राम्रो गर्ने विचार राख।
16
सधैँभरि खुसी होओ।
17
प्रार्थनामा लागिबस।
18
जस्तोसुकै अवस्थामा जे परिआउँछ, ती सबैमा तिमी ख्रीष्टमा धन्यवादी होओ। ख्रीष्टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्वरको इच्छा यही हो।
19
पवित्र आत्मालाई ननिभाओ।
20
परमेश्वरका तर्फबाट बोलेको कुरालाई हेला नगर।
21
सबै कुरा राम्ररी जाँच अनि राम्रा कुराहरूचाहिँ राख
22
अनि सबै नराम्रा कुराहरूबाट अलग बस।
23
शान्तिका परमेश्वर आफैंले तिमीहरूलाई पूरा तवरले पवित्र राखून्, हाम्रा प्रभु येशू ख्रीष्ट नआएसम्म तिमीहरूको आत्मा, प्राण र शरीर स्वस्थ, दागबिनाको र निर्दोष होओस्।
24
तिमीहरूलाई बोलाउने परमेश्वर विश्वासी हुनुहुन्छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ।
25
दाजुभाइहरू, हाम्रा लागि पनि प्रार्थना गरिदेओ।
26
त्यहाँ भएका सबै दाजुभाइहरूलाई प्रेमसँग मेरो अभिवादन सुनाइदेओ।
27
सबै दाजुभाइहरूलाई यो पत्र पढेर सुनाओ भन्ने प्रभुमा मेरो आज्ञा छ।
28
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5