bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Thessalonians 4
1 Thessalonians 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
आखिरमा दाजुभाइहरू, तिमीहरूले हामीबाट परमेश्वरलाई मनपर्ने चालचलन सिकेका छौ। साँच्चै तिमीहरूका चालचलन परमेश्वरलाई मनपर्ने छ। त्यस चालचलनमा अझ झन्-झन् राम्रो हुँदैजाओ भन्ने बिन्ती छ
2
किनभने हामीले तिमीहरूलाई प्रभु येशूबाट पाएका कुनकुन आज्ञाहरू दिएका थियौं, सो जान्दछौ।
3
तिमीहरू पवित्र होओ भन्ने परमेश्वरको इच्छा छ, यसैले व्यभिचारबाट अलग्ग बस।
4
[4-5] तिमीहरू सबैले परमेश्वरलाई चिन्दै नचिन्ने अरू मानिसले गरेझैँ शरीरको नराम्रो तिर्सनामा होइन तर पवित्र भएर आफ्नी पत्नीसँग इज्जतसाथ जीवन बिताउन जान्नुपर्दछ।
6
यस कुरामा कसैले पनि सीमा नाघेर आफ्नो भाइलाई खराबी नगरोस्। यस्तो कुरामा परमेश्वरले ठूलो सजाय दिनुहुन्छ। हामीले पहिले नै सफासँग भनेका र शिक्षा दिएका थियौं
7
किनभने परमेश्वरले हामीलाई अपवित्र हुन होइन तर पवित्र भएर जीवन बिताउनलाई बोलाउनुभएको हो।
8
यसकारण यो शिक्षा नमान्नेले मानिसलाई होइन, परमेश्वरलाई नै मान्दैन, जुन परमेश्वरले तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुभयो।
9
विश्वासी दाजुभाइहरूमा प्रेम गर्ने बारेमा त तिमीहरूलाई कुनै कुरो लेख्नुपर्दैन। परमेश्वर आफैंले तिमीहरूलाई आपसमा प्रेम गर्न सिकाउनुभएको छ।
10
तिमीहरूले साँच्चै सारा माकेडोनियाका दाजुभाइहरूलाई त्यसै गरी प्रेम पनि गरेका छौ। अझै बढी मात्रामा प्रेम गर्दैजाओ भनेर हामी तिमीहरूलाई हौसला दिंदछौं।
11
हामीले पहिले तिमीहरूलाई भनेझैँ शान्तिको जीवन बिताउन मन लगाओ। अनि आफ्ना आफ्नै काममा ध्यान देओ र आफ्नै हातले काम गर।
12
यसो भए तिमीहरूलाई अरू मानिसहरूले पनि आदर गर्नेछन्। अनि तिमीहरूलाई खाँचो पर्दा अरूमाथि भर पर्नु पनि पर्नेछैन।
13
दाजुभाइहरू, मरिसकेका विश्वासीहरूका बारेमा तिमीहरूलाई भन्न चाहन्छु। अरू आशा नभएकाहरूलेजस्तै तिमीहरूले शोक नगर।
14
येशू मरेर पनि बिउँतनुभयो भनेर विश्वास गर्दछौ। यसरी नै परमेश्वरले येशूमा विश्वास गरेर मर्नेहरूलाई येशूद्वारा फेरि उहाँसँगै लैजानुहुनेछ।
15
प्रभुले नै दिनुभएको शिक्षा हामी तिमीहरूलाई दिन्छौं। प्रभु आउने दिनसम्म हामी बाँच्नेहरूले ती मरिसकेकाहरूलाई कुनै रीतिले पनि उछिन्न सक्नेछैनौं।
16
त्यस दिन आज्ञाको आवाज, मुख्य स्वर्गदूतको सोर र परमेश्वरको तुरही फुकेको बेला प्रभु स्वर्गबाट आउनुहुनेछ र त्यति नै खेर ख्रीष्टमा विश्वास गरी मरेकाहरू सबैभन्दा पहिले बिउँतनेछन्।
17
त्यस दिनसम्म हामी बाँच्नेहरू उनीहरूसँगै प्रभुलाई बादलमा भेट गर्न आकाशतिर लगिनेछौं अनि सधैँभरि प्रभुसँगै रहनेछौं।
18
यसकारण यी कुराहरूले एक-अर्कालाई ढाडस देओ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5