bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Thessalonians 3
1 Thessalonians 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
1
तिमीहरूबाट छुट्टिएर बस्न नराम्रो लागेको हुनाले हामीले एथेन्समा तिमोथीबिना मात्र बस्न बेस होला भनिठान्यौं।
2
हाम्रो भाइ तिमोथी ख्रीष्टको सुसमाचार सुनाउने परमेश्वरको सेवक हुन्। तिमीहरूलाई हौसला दिएर विश्वासमा दरिलो बनाउन हामीले तिमोथीलाई तिमीहरूकहाँ पठायौं।
3
त्यस बेलाको दु:खमा तिमीहरू कसैले पनि हरेस नखाएको हाम्रो इच्छा थियो। दु:खहरू त हाम्रा जीवनमा आइपर्ने कुराहरू हुन्, यो तिमीहरूले बुझेकै छौ
4
किनभने हामीहरूले तिमीहरूसँग हुँदैखेरि दु:खहरू आइपर्नेछन् भनी पहिले नै भनिदिएका थियौं। साँच्चै हामीले भनेजस्तै भयो। तिमीहरूलाई थाहा छ।
5
त्यसैकारण मैले अरू बेसी खप्न नसकेर नै तिमीहरूको विश्वास बुझ्न तिमोथीलाई पठाएको थिएँ। कहीं फसाउनेले तिमीहरूलाई फसाएर हाम्रो काम बिगार्यो कि भनेर मलाई डर लागेको थियो।
6
तर तिमोथी भरखरै तिमीहरूलाई भेटेर आइपुगेका छन्। तिमीहरूमा अझ पनि गहिरो प्रेम र विश्वास छ भनेर उनले सुसमाचार ल्याए। हामीले जस्तै तिमीहरूले पनि हामीलाई भेट्ने ठूलो इच्छा राखेर सम्झिरहेका रहेछौ।
7
दाजुभाइहरू, तिमीहरूका विश्वासको खबर सुनेर निराश र दु:खमा परेको बेलामा पनि हामीलाई खुसी लागेको छ
8
किनभने तिमीहरू दिगो भएर प्रभुमा विश्वास गर्छौ भन्ने सुन्दा हामीहरूलाई साँच्चै जीवन पाएजस्तै भयो।
9
तिमीहरूकै कारणले हामी हाम्रा परमेश्वरका सामु आनन्द मनाउँदछौं। यसको लागि त परमेश्वरलाई हामीले जति धन्यवाद दिए पनि थोरै हुन्छ।
10
तिमीहरूसँग भेट हुन सकोस् भनेर हामीले रातदिन परमेश्वरसँग प्रार्थना गरिरहेका छौं। भेट हुन पाए तिमीहरूका विश्वासमा जेजे कुराको कमी छ, त्यो पूरा हुन सक्ने थियो।
11
हाम्रा परमेश्वर पिता र प्रभु येशूले नै हामीहरूलाई तिमीहरूकहाँ पुर्याइदिनुहुन्छ भन्ने आशा राखेका छौं।
12
हामीले तिमीहरूलाई माया गरेझैँ प्रभुले तिमीहरूलाई पनि एक-अर्का र सबै मानिसप्रतिको मायामा झन्-झन् बढाउनुभएको चाहन्छौं।
13
उहाँले यो माया दिएर हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूसँग आउँदा हाम्रा परमेश्वर पिताको अघि पवित्रतामा निर्दोष हुन तिमीहरूका हृदयलाई स्थिर बनाउनुभएको होस्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
All chapters:
1
2
3
4
5