bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Colossians 1
Colossians 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
परमेश्वरको इच्छाले ख्रीष्ट येशूको प्रेरित भएको म पावल र हाम्रा भाइ तिमोथीले
2
कलस्सेमा बस्ने ख्रीष्टमा भएका पवित्र जनहरू र विश्वासी दाजुभाइहरूलाई लेख्दै छौं। हाम्रा परमेश्वर पिताले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।
3
हामी तिमीहरूका लागि प्रार्थना गर्दा परमेश्वर, हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई सधैँ धन्यवाद चढाउँछौं
4
किनभने हामीले ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वासको अनि ख्रीष्टका पवित्र जनहरूलाई तिमीहरूले गरेको प्रेमको बारेमा पनि सुनेका छौं।
5
तिमीहरूको लागि स्वर्गमा सुरक्षासँग राखिएको आशाले गर्दा तिमीहरूले यस्तो विश्वास र प्रेम गरेका हौ। यो आशाको विषयमा अघिदेखि नै खुसीको सत्य सन्देशमा तिमीहरूले सुन्यौ।
6
यो सुसमाचार तिमीहरूकहाँ पनि आएको छ। सुसमाचारले सारा संसारमा फल ल्याउँदै बढिरहेछ। त्यसरी नै तिमीहरूले परमेश्वरको अनुग्रहको विषयमा सत्य कुरा सुनेदेखि तिमीहरूमा पनि भइरहेछ।
7
यही कुरा हामीसँगै सेवा गर्ने इपाफ्रासले तिमीहरूलाई सिकाए। उनी हामीसँगै हाम्रो साटोमा तिमीहरूमाझ ख्रीष्टको काम गर्ने विश्वासी प्यारा भाइ हुन्।
8
तिमीहरूलाई पवित्र आत्माले दिनुभएको प्रेमको बारेमा उनले नै हामीलाई सुनाएका हुन्।
9
यो कुरा सुनेदेखि नै हामीले तिमीहरूको लागि सधैँ प्रार्थना गर्दैआएका छौं। पवित्र आत्माले दिने पूरा ज्ञान र समझले परमेश्वरको पूरा इच्छा जान भन्ने नै हाम्रो प्रार्थना छ।
10
त्यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्वरकै ज्ञानमा बढ्दैजानेछौ।
11
परमेश्वरको ठूलो शक्तिको भण्डारबाट आएको शक्ति पाएर तिमीहरू बलियो होओ भन्ने हाम्रो प्रार्थना छ। त्यसो भए तिमीहरूले सबै कुरा खुसीले दिगो भएर सहन सक्नेछौ।
12
यसको लागि परमेश्वरलाई खुसीसँग धन्यवाद देओ। परमेश्वरले उज्यालोको राज्यमा ख्रीष्टका पवित्र जनहरूले पाउने कुरा तिमीहरूलाई पनि पाउन सक्ने बनाउनुभएको छ।
13
उहाँले नै हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिएर आफ्नो पुत्रको राज्यमा कुशलसँग पुर्याउनुभएको छ।
14
उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ।
15
नदेखिने परमेश्वरकै देखिने रूप ख्रीष्ट हुनुहुन्छ। उहाँ सृष्टिभन्दा जेठो हुनुहुन्छ
16
किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा उहाँद्वारा सृष्टि भयो। दृश्य र अदृश्य लगायत आत्माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्टद्वारा र ख्रीष्टकै निम्ति सृष्टि भयो।
17
सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्थ्यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्।
18
मण्डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्छ।
19
परमेश्वरको आफ्नै निर्णयले उहाँको सम्पूर्ण स्वभाव पुत्रले पाउनुभएको छ।
20
परमेश्वरले पुत्रबाट सबै सृष्टिलाई फेरि आफ्नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्नो पुत्रको रगतले स्वर्ग र पृथ्वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो।
21
एक समय तिमीहरू परमेश्वरबाट टाढा थियौ। नराम्रो कुरा सोची नराम्रै काम गरेको हुनाले तिमीहरू परमेश्वरका शत्रु थियौ।
22
तर अब पुत्रको आफ्नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्वरले फेरि आफ्नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्नो सामुन्ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ।
23
साँच्चै तिमीहरू दिगो र बलियो भएर विश्वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु।
24
यस बेला म तिमीहरूका लागि दु:ख भोग्न खुसी छु किनभने ख्रीष्टको शरीर मण्डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्ट मेरो शरीरमा भोगेर पूरा गर्छु।
25
परमेश्वरले नै मलाई मण्डलीको सेवक बनाउनुभयो र तिमीहरूकै भलाइको लागि उहाँको शिक्षा पूरासँग सुनाउने कामको जिम्मा दिनुभयो।
26
यो शिक्षा युग-युग र पुस्तौंदेखि कसैले बुझ्न नसकेको रहस्यको कुरो थियो। अब उहाँले ख्रीष्टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ।
27
तिनीहरूलाई सबै मानिसहरूका निम्ति राखिएको ठूलो रहस्यको कुरा खोलिदिने परमेश्वरको योजना हो। रहस्यको कुराचाहिँ यही हो, ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ। यसको अर्थ हो— तिमीहरू परमेश्वरको सम्मान्को सहभागी हुनेछौ।
28
यसैकारण हामी सबै मानिसलाई ख्रीष्टको बारेमा सुनाउँछौं। सबैलाई ख्रीष्टमा पाको बनाएर परमेश्वरकहाँ पुर्याउन हामीहरू ज्ञान-बुद्धिले सबै मानिसलाई होशियार गराउँदै तिनीहरूलाई शिक्षा दिन्छौं।
29
ख्रीष्टले दिनुभएको मभित्र काम गर्ने ठूलो शक्तिले नै म यो काम दिलो ज्यानले गर्दछु।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4