bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Colossians 4
Colossians 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
ए मालिकहरू हो, आफ्ना नोकरहरूलाई पक्षपात नगरी राम्रो व्यवहार गर। तिमीहरूले पनि स्वर्गमा आफ्नो मालिक हुनुहुन्छ भन्ने कुरा नबिर्स।
2
तिमीहरू प्रार्थनामा निरन्तर लागि रहो। प्रार्थना गर्दा धन्यवाद दिंदै परमेश्वरमा मन लगाएर प्रार्थना गर।
3
मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्टको रहस्य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर।
4
मेरो लागि तिमीहरूले प्रार्थना गरिदेओ, मैले जसरी बुझाउनुपर्ने हो, त्यसरी नै म बोल्न सकूँ।
5
विश्वास नगर्नेहरूसँग व्यवहार गर्दा बुद्धि पुर्याएर गर र तिमीहरूले पाएका सबै मौकालाई पूरासँग चलाओ।
6
नुनले खाना मीठो बनाएझैँ तिमीहरूको बोलिवचन सधैँ मीठो र चाखलाग्दो होस्। तिमीहरूले सबैलाई राम्रोसँग जवाफ दिन पनि जान्नुपर्दछ।
7
हाम्रा प्यारा भाइ तुखिकसले नै मेरो सबै खबर तिमीहरूलाई सुनाउनेछन्। उनी पनि हामीसँगै सेवा गर्ने प्रभुका विश्वासी भक्त हुन्।
8
उनलाई म तिमीहरूकहाँ पठाउँदै छु र उनले हाम्रो बारेमा भनेर तिमीहरूलाई ढाडस दिनेछन्।
9
उनी तिमीहरूमध्ये प्यारा र विश्वासी भाइ ओनेसिमसको साथ लागेर आउँदै छन्। ओनेसिमस तिमीहरूकै मानिस हुन्। तिनीहरूले नै यहाँ भएका सबै कुरा तिमीहरूलाई सुनाउनेछन्।
10
मसँगै कैदमा भएका अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भाइ मर्कूसले पनि अभिवादन पठाएका छन्। उनको बारेमा मैले अघि नै तिमीहरूलाई भनिसकेको छु, उनी आए भने राम्रोसँग स्वागत गर।
11
युस्तस भनिने येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरको राज्य बढाउन मसँगै काम गर्ने इस्राएलीहरूमा यिनै तीन जना मात्रै हुन्। साँच्चै यिनीहरूले मलाई निकै हौसला दिएका छन्।
12
तिमीहरूकै एक जना भाइ, ख्रीष्ट येशूका कमारा इपाफ्रासले अभिवादन पठाएका छन्। उनले सधैँ तिमीहरूको लागी खुरन्धार प्रार्थना गरिरहन्छन्। तिमीहरू परमेश्वरको इच्छा पूर्णरूपमा मान्ने भएर दिगो, पाको र पूरा विश्वासी होओ भन्ने उनको प्रार्थना छ।
13
तिनले तिमीहरूका लागि र लाउडिकिया र हिरापोलिसका मानिसहरूका लागि निक्कै पसिना बगाएका छन्। म यस कुराको साक्षी छु।
14
हाम्रा प्यारा डाक्टर लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन भनेका छन्।
15
लाउडिकियामा भएका भाइहरूलाई, नुम्फासलाई र उनको घरमा भेला हुने मण्डलीलाई हाम्रो अभिवादन सुनाइदेओ।
16
तिमीहरूले यो पत्र पढिसकेपछि लाउडिकियामा भएको मण्डलीलाई पनि पढ्न देओ। त्यसै गरी लाउडिकियाको पत्र पनि तिमीहरूले पढ्नू।
17
अनि प्रभुले दिएको काम पूरा गर्नैपर्छ भनेर अर्खिप्पसलाई भनिदेओ।
18
म पावलबाट तिमीहरूलाई अभिवादन छ। मेरो अभिवादन आफ्नै हातले लेखेको हुँ। म थुनामा परेको छु भन्ने कुरो नबिर्स। तिमीहरूमा परमेश्वरको अनुग्रह रहोस्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4