bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Colossians 3
Colossians 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
तिमीहरू पनि ख्रीष्टसँगै बिउँतिएकोले स्वर्गकै कुरा खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि बस्नुहुन्छ।
2
पृथ्वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्नो मन लगाओ
3
किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्वरमा ख्रीष्टसँगै लुकेर रहेको छ।
4
तिमीहरूको सच्चा जीवन त ख्रीष्ट नै हुनुहुन्छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्मान्को सहभागी हुनेछौ।
5
संसारमा तिमीहरू आफ्ना शरीरका इच्छालाई मार, जस्तै: व्यभिचारको इच्छा, अशुद्ध कुरा, छाडा इच्छा, नराम्रा विचार, लोभ आदि हुन्।
6
यिनै कुराहरूले गर्दा नै परमेश्वरको रिस उहाँका आज्ञाहरू नमान्नेमाथि पर्नेछ।
7
तिमीहरूको जीवन पनि एक पल्ट यस्तै थियो र यिनै कुरामा चल्थ्यौ।
8
तर अब तिमीहरूले रिस-राग, डाहा, निन्दा, गाली आफूबाट हटाउनुपर्छ।
9
तिमीहरूले कसैलाई ढाँट्ने काम नगर किनभने आफ्ना पुरानो जीवन र त्यसका बानीबेहोरा छोडिसकेका छौ।
10
अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्वर यसको सृष्टिकर्ताले यो स्वभाव उहाँकै स्वरूपमा सधैँ नयाँ पारिरहनुहुन्छ।
11
यसकारण यहाँ इस्राएली र ग्रीक, शरीरमा खतना गरेका र नगरेका, असभ्य, अशिक्षित, कमारा र फुक्का कुनैको भेद रहँदैन तर ख्रीष्ट मात्र हुनुहुन्छ र ख्रीष्ट नै सबैमा हुनुहुन्छ।
12
तिमीहरू नै परमेश्वरले छानेका प्यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्तै लाउनुपर्छ।
13
तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर।
14
यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्याउँछ।
15
ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। यही शान्तिको लागि नै परमेश्वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्यवादी होओ।
16
ख्रीष्टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्लाह दिने गर। धन्यवादी बनेर भजन, स्तुति र आत्माका गीतहरूले हृदयदेखि परमेश्वरलाई चढाउओ।
17
तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाओ।
18
स्वास्नी मानिसहरू हो, तिमीहरूले प्रभुलाई मनपर्ने गरी आफ्ना लोग्नेहरूको आज्ञा मान।
19
ए लोग्ने मानिसहरू हो, तिमीहरू आफ्ना स्वास्नीहरूलाई कठोर नभई माया गर।
20
ए बालकहरू, तिमीहरूले पनि सधैँ आफ्ना आमा-बुबाले भनेका कुराहरू मान किनभने यसो गर्नाले नै परमेश्वर खुसी हुनुहुन्छ।
21
ए बुबा हो, तिमीहरूले आफ्ना बाल-बालिकाहरूलाई दिक्क नलाओ। नत्र त तिनीहरूको मन बिग्रिनेछ।
22
कमाराहरू हो, तिमीहरूले आफ्ना मालिकहरूले भनेका सबै कुराहरू मान। मालिकलाई खुसी पार्ने विचारले मात्र आँखाका सामु होइन तर प्रभुको डर राखेर सोझो मनले काम गर।
23
जे गर्छौ, मानिसलाई जस्तो होइन, तर प्रभुलाई नै जस्तो गरेर दिलोज्यानले गर
24
किनभने तिमीहरूलाई प्रभुले प्रतिज्ञा गर्नुभएको इनाम दिनुहुनेछ भन्ने थाहै छ। प्रभु ख्रीष्ट नै तिमीहरूका मालिक हुनुहुन्छ।
25
नराम्रो गर्ने जोसुकै होस्, त्यसले नराम्रै दण्ड भोग्नेछ। परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4