bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Colossians 2
Colossians 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
साँच्चै तिमीहरूका लागि मैले मरिमेटेर काम गरेको छु। मैले त लाउडिकियाका मानिसहरूलाई र मलाई नचिन्नेहरू सबैको लागि पनि यत्तिकै कसिएर काम गरेको छु भन्ने म थाहा दिन चाहन्छु।
2
तिनीहरूले साहस पाउन् र प्रेममा सँगै बाँधिऊन् भनेर मैले यसो गरेको हुँ। त्यसो हुँदा उनीहरूले आत्मामा एकदमै धनी भएर पूरासँग बुझ्न सक्नेछन् अनि तिनीहरूले परमेश्वरको रहस्य ख्रीष्टलाई पूरै चिन्न सक्नेछन्।
3
उहाँमा नै परमेश्वरको सबै ज्ञान र बुद्धिको भण्डार छ।
4
यसकारण म तिमीहरूलाई भन्छु, जतिकै साँचो देखिए तापनि झूटा कुराहरूले तिमीहरूलाई नछक्याओस्।
5
शरीरमा तिमीहरूदेखि टाढा भए पनि आत्मामा त म तिमीहरूसँगै छु। ख्रीष्टमा तिमीहरूको विश्वास एकदम दरो देखेर मलाई धेरै खुसी लागेको छ।
6
जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनेर मानेका छौ त्यसरी नै तिमीहरू उहाँमा नै जिइरहो।
7
उहाँभित्रै जरा गहिरोसँग हालेर बढ। तिमीहरूले आफ्नो जीवन उहाँमा नै खडा गर अनि तिमीहरूलाई सिकाएअनुसार विश्वासमा दरो भएर उहाँलाई धन्यवाद दिइ नै रहो।
8
तिमीहरू चनाखो भएर बस, नत्र मानिसहरूको ज्ञान-बुद्धिको खोक्रो छलको तिमीहरू शिकार बन्नेछौ। यस्ता कुराहरू ख्रीष्टबाट होइनन् तर मानिसहरूकै परम्परा र संसारका शिक्षाबाट आएका हुन्
9
किनभने ख्रीष्टको शरीरमा नै परमेश्वरको सारा स्वर्गीय स्वरूप बसेको छ।
10
ख्रीष्ट सबै राज्य र आत्माका शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ।
11
तिमीहरू ख्रीष्टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्वभावको शक्तिबाट छुटकारा पाउनु हो
12
किनभने बप्तिस्मा लिंदा तिमीहरू ख्रीष्टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्टलाई बिउँताउनुहुने परमेश्वरको शक्तिमा विश्वास गरेका हुनाले तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ।
13
तिमीहरूले पाप गरेको कारण र व्यवस्थाअनुसार खतना नलाउने अरू जातिका मानिस भएका हुनाले एक समय तिमीहरू आत्मिकरूपमा मरेका थियौ। तर अब त परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै बिउँताउनुभएको छ र हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभएको छ।
14
उहाँले हाम्रो विरुद्ध लेखिएका सबै तमसुकहरू तिनका दाबीहरूका साथ रद्द गरिदिनुभयो। उहाँले तिनलाई क्रूसमा किला ठोकी नाश गर्नुभयो
15
अनि त्यही क्रूसमा नै ख्रीष्टले आत्मिक शासक र शक्तिहरूबाट आफैं स्वतन्त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो।
16
यसकारण कसैले पनि खानपानको, पवित्र दिन मान्ने-नमान्ने, औँसी पर्व मान्ने-नमान्ने या विश्राम दिनको विषयमा नियम नबनाओस्।
17
यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्कली कुरो त ख्रीष्ट नै हुनुहुन्छ।
18
हामीले दर्शन पाएका छौं भन्दै झूटो नम्रता देखाएर स्वर्गदूतलाई पूजा गरी आफैंलाई ठूला ठान्नेहरू छन्। तिनीहरूले तिमीहरूलाई यस्ता छली कुराले झुक्याएर तिमीहरूले पाउनुपर्ने इनाम गुमाउन नदेओ। यस्ता मानिसहरू कारणैबिना शारीरिक स्वभावको ज्ञानले फुलिएर बस्छन्।
19
यिनीहरू त आफ्ना शिर ख्रीष्टसँग नजोडिएर छुट्टै रहेका छन्। उनै ख्रीष्टका अधीनमा रहेर मात्र सिङ्गै शरीर पुष्ट हुन्छ अनि उनीहरू ठीकठाकसँग जोडिएर परमेश्वरकै चाहनाअनुसार बढ्दै-बढ्दै जानेछन्।
20
[20-21] तिमीहरूले त ख्रीष्टसँगै मरेर यस संसारका आत्माबाट छुटकारा पाएका छौ। किन तिमीहरू यस संसारकै जस्ता भएर जिउँछौ? किन तिमीहरू यो चलाउनुहुँदैन, यो चाख्नुहुँदैन, यो छुनुहुँदैन भन्ने नियमहरू पालन गर्छौ?
22
यी कुराहरू त चलाउने बित्तिकै नाश हुन्छन्। यी त मानिसले बाँधेका नियम र शिक्षाहरू मात्र हुन्।
23
धर्मकर्म गर्ने, नम्र हुने र जोगीझैँ जिउने, यी सबै बुद्धिमानी देखिन्छन्। तर यो आफ्नो शारीरिक स्वभावको नराम्रो इच्छालाई वशमा राख्न केही कामको हुँदैन।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4