bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
James 1
James 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
1
प्रभु येशू ख्रीष्ट र परमेश्वरको कमारो म याकूबले यो पत्र चारैतिर भएका इस्राएलका बाह्रै कुललाई लेख्दै छु। तिमीहरूलाई मेरो अभिवादन छ।
2
मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्दित होओ।
3
तिमीहरू जान्दछौ, जब तिमीहरूको विश्वासको जाँच हुन्छ, तिमीहरूको सहने शक्ति बढ्छ।
4
तर कुनै कुरामा पनि नचुकी परिपक्व र सिद्ध हुन ती जाँचहरू सहँदै स्थिर भएर बस्न सिक्ने गर।
5
तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्वरले नअन्कनाई सबैलाई प्रशस्त गरिदिनुहुनेछ।
6
तर माग्दा शङ्का नगरी विश्वास राखेर माग्नुपर्छ। शङ्का गर्ने मानिस त हावाको भरमा चल्ने समुद्रको छालजस्तै हो।
7
त्यस्ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्छ।
8
यस्तो मानिस दोधारे मन भएको र सबै कुरामा चञ्चले हुन्छ।
9
गरीब अवस्थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्छ, त्यस बेला तिमीहरू खुसी होओ।
10
त्यसै गरी धनी भाइहरूले गरीब हुनुपर्दा पनि खुसी होऊ किनभने धनी त ओइलिजाने जङ्गली फूलजस्तै हुन्।
11
घाम लागेर खडेरी पर्दा फूलको बोटै सुकेर मर्छ। त्यसै गरी काम-काजको जन्जालमा धनको मालिकले पनि आफ्नो जीवन गुमाउँछ।
12
जाँचको बेलामा टिक्न सक्ने मानिस नै धन्यको हो। दु:खमा स्थिर रहनेले नै परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ।
13
यस्तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्वर दुष्ट कुराको परीक्षामा पर्नुहुन्न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्न।
14
प्रत्येक मानिस आफ्नै खराब इच्छाले बरालिएर परीक्षामा पर्छ।
15
यसैकारण आफ्नो खराब इच्छाले पाप जन्माउँछ। त्यही पाप पूरा बढेर मृत्यु ल्याउँछ।
16
प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ।
17
हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्डलमा ज्योतिहरू सृजना गर्नुहुने परमेश्वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्न, उहाँ नता बदलिने छायाजस्तो हुनुहुन्छ।
18
हामी सृष्टिका पहिला फलहरूजस्तै हुन सकौं भनेर उहाँले आफ्नै इच्छाद्वारा सत्य वचनले हामीलाई सिर्जनुभएको छ।
19
मेरा प्यारा भाइहरू, यो कुरा तिमीहरू सम्झिराख। सुन्नमा चनाखो, बोल्नमा होशियार र कम रिसाउने होओ
20
किनभने मानिसको रिसले परमेश्वरको मनपर्ने काममा बाधा दिन्छ।
21
यसकारण सबै यस्ता नराम्रा स्वभाव र घिनलाग्दा बानीबाट अलग होओ। नम्र भएर तिमीहरूका हृदयमा राखिएका परमेश्वरका वचनलाई आफ्नो पार किनभने तिमीहरूलाई जोगाउने त त्यसैले हो।
22
तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्ने मात्र होइन।
23
वचन सुन्ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्नो अनुहार हेर्ने मान्छेजस्तै हो।
24
उसले ऐनामा हेरुञ्जेल आफ्नो अनुहार देख्छ, हेर्न छोडेपछि आफू कस्तो थिएँ भन्ने झट्टै बिर्सिहाल्छ।
25
तर जसले मानिसहरूलाई छुटकारा दिने सिद्ध नियम सुनेर भुलिहाल्दैन तर नियालेर हेरी ध्यान लगाउँछ अनि पालन गर्छ, त्यसका सबै काममा परमेश्वरले आशिष् दिनुहुन्छ।
26
कसैले आफूलाई धर्मी सम्झिन्छ, तर आफ्नो जिब्रोचाहिँ तह लाउँदैन भने उसले आफैंलाई धोखा दिन्छ अनि उसको धर्म-कर्म व्यर्थै हुन्छ।
27
परमेश्वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
All chapters:
1
2
3
4
5