bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
James 3
James 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
1
मेरा भाइहरू, तिमीहरूमा धेरै जना शिक्षा दिनेहरू बन्न नखोज किनभने शिक्षा दिनेलाई अरूलाई भन्दा कडासँग न्याय हुन्छ भनी तिमीहरूलाई थाहै छ।
2
हामी सबैले धेरै भुल गर्दछौं। तर आफूले भनेका कुरामा गल्ती नै नगर्नेचाहिँ साँच्चै सिद्ध मानिस हो। त्यस्ता मानिसले नै आफूलाई वशमा राख्न सक्छ।
3
आफूले भनेको मानोस् भनेर घोडालाई लगाम लगाइदिन्छौं अनि जता मन लाग्यो, उतै हामी लैजान सक्छौं।
4
त्यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्कै फर्काउन सक्छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्छ।
5
जिब्रो पनि यस्तै हो। यो यति सानो भएर पनि ठूला-ठूला कुराको घमण्ड गर्न सक्छ। सानोभन्दा सानो झिल्काले पनि ठूलोभन्दा ठूलो जङ्गलै डढेलो लाउन सक्छ।
6
जिब्रोचाहिँ आगोजस्तो हो। यो शरीरका अङ्गहरूमध्ये सबैभन्दा दुष्ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्दगीमा आगो लगाउँछ।
7
मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्तुलाई तह लाउन सक्छ र तह लाएको पनि छ।
8
तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्ट, तह नलाग्ने र डरलाग्दो विषले भरिएको हुन्छ
9
अनि हामीहरूले हाम्रा परमेश्वर पितालाई यही जिब्रोले धन्यवाद दिन्छौं र यही जिब्रोले फेरि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानिसलाई श्राप दिन्छौं।
10
एउटै मुखबाट प्रशंसा र गाली पनि निस्कन्छ। मेरा भाइहरू, यस्तो हुनुहुँदैन!
11
के एउटै मुहानबाट तीतो र मीठो पानी निस्कन्छ?
12
मेरा भाइहरू, अञ्जीरको बोटमा भद्राक्ष फल्न सक्दैन अनि अङ्गुरको बोटमा अञ्जीर फल्न सक्दैन। नुनिलो पानीको मुहानबाट मीठो पानी उम्रन सक्दैन।
13
तिमीहरूका बीचमा कोही बुद्धिमानी र बुझ्झकी मानिस छ भने उसले त्यो आफ्नो असल चालचलनबाट र बुद्धिमानीसँग काम गरेर देखाउनुपर्छ।
14
तर यदि तिमीहरूका मनमा तीतोपना, आरिस र स्वार्थ छ भने आफ्नो बुद्धिको घमण्ड गरेर सत्यको विरुद्धमा पाप नगर।
15
यस्तो बुद्धि माथि परमेश्वरबाट आएको होइन, यो त यहीं तल उब्जेको संसारकै अनि शैतानको बुद्धि हो।
16
जहाँ आरिस र स्वार्थ छ, त्यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्ट कुराहरू हुन्छन्।
17
तर माथिबाट आएको बुद्धि त चोखो, शान्ति दिने, सोझो र मिलनसार हुन्छ। यस्तो बुद्धि दया नै दयाले भरिएको हुन्छ अनि असल कामको फल फलाउँछ। यो पक्षपाती र कपटी हुँदैन।
18
शान्ति ल्याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
All chapters:
1
2
3
4
5