bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
James 2
James 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
1
तिमीहरू सम्मान्ले भरिएको प्रभु हाम्रा येशू ख्रीष्टलाई विश्वास गर्नेहरू भएका हुनाले तिमीहरूले बाहिरी रूप हेरेर कसैको पनि पक्षपात नगर।
2
तिमीहरू भेला भएका ठाउँमा राम्रा-राम्रा लुगा र सुनका औँठी लाउने धनी मान्छे अनि अर्को थोत्रो भोटो, थाङ्नो लुगा लगाएको झुम्रे-झाम्रे गरीब मान्छे पनि आउलान्।
3
त्यस बेला तिमीहरूले राम्रा-राम्रा लुगा लगाउने धनी मान्छेलाई आदर गर्दै भनौला, “पाल्नुहोस्, यहाँ राज होस्” तर गरीबलाई चाहिँ “त्यतै उभिराख वा त्यहीं भूइँमा मेरो गोडानेर बस,” भनौला।
4
त्यसो गर्यौ भने तिमीहरूलाई आफ्नै बीचमा भेदभाव र कुविचार गरेको दोष लाग्नेछ।
5
प्यारा भाइहरू, सुन। के परमेश्वरले संसारका गरीबलाई विश्वासमा धनी बनाउन र प्रतिज्ञा गरेको राज्य उहाँलाई माया गर्नेहरूलाई दिन छान्नुभएन र?
6
तर तिमीहरूले त गरीबहरूलाई हेला गर्छौ। तिमीहरूमाथि अत्याचार गरी न्यायाधीशहरूका अघि पुर्याउने के धनी नै होइनन् र?
7
तिमीहरूलाई दिइएको सुनामको बेइज्जत तिनीहरूले नै गरेनन् र?
8
छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्वरको राज्यको नियमलाई पालन गर्यौ भने तिमीहरूले ठीक काम गर्नेछौ।
9
तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्यवहार गर्यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्नेछ।
10
यदि कसैले व्यवस्थाको एउटै कुरा मिच्तछ भने उसलाई पूरै व्यवस्था मिचेको दोष लाग्दछ
11
किनभने ‘व्यभिचार नगर्नू’ भन्नेले नै ‘मान्छे नमार्नू’ पनि भनेका हुन्। हुन सक्छ, व्यभिचार नगरौला तर मान्छे मार्यौ भने पूरै व्यवस्थालाई मिच्दछौ।
12
मानिसलाई स्वतन्त्र गराउने व्यवस्थाले खारिएका मानिसले झैँ बोल्ने र काम गर्ने गर।
13
दया नगर्ने मानिसलाई परमेश्वरले दया नराखी न्याय गर्नुहुन्छ। तर दया गर्नाले न्यायलाई जित्न सकिन्छ।
14
मेरा भाइहरू, कसैले विश्वास गर्छु त भन्छ, तर कुनै कामले पनि आफ्नो विश्वास देखाउन सक्दैन भने के भयो र? के यस्तो विश्वासले उसलाई बचाउन सक्छ?
15
कुनै भाइ वा बहिनीको लुगा छैन र खाना पनि छैन,
16
तर तिमीहरूमध्ये कसैले उसलाई ‘परमेश्वरले तिमीलाई आशिष् देऊन्, राम्रैसँग लगाऊ अनि राम्रैसँग खाऊ’ भन्छौ तर उसलाई चाहिएको केही पनि दिंदैनौ भने के भयो र?
17
विश्वास पनि त्यस्तै हुन्छ। काम नगर्ने विश्वास त मरेको विश्वास हो।
18
तर कसैले भन्ला, “तिमी विश्वास गर्छौ। म त काम गर्छु।” लौ कामबिनाको तिम्रो विश्वास देखाऊ त! म त काम गरेर मेरो विश्वास देखाउँछु।
19
एउटै परमेश्वर हुनुहुन्छ भनेर के तिमी विश्वास गर्छौ? यो राम्रो हो। तर यस्तो विश्वास त दुष्टात्माहरूले पनि गर्छन् र डरले काम्दछन्।
20
मूर्ख हो, कामबिनाको विश्वास व्यर्थै छ भन्ने कुरा के तिमीहरूलाई साँच्चै देखाउनुपर्छ।
21
हाम्रा पुर्खा अब्राहामकै बारेमा विचार गर। के उनले आफ्ना छोरा इसहाकलाई वेदीमा चढाउने काम गरेर परमेश्वरको अघि उनी ठीक ठहरिएका होइनन् र?
22
उनको विश्वास र काम सँगसँगै नारिए अनि उनका कामहरूद्वारा कसरी उनको विश्वास पूरा भयो, सो तिमीहरू देख्दैनौ?
23
अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि त्यही विश्वासले गर्दा उनी परमेश्वरको अघि ठीक ठहरिए भनेर धर्मशास्त्रले भनेको कुरा पूरा भयो। यसरी अब्राहाम परमेश्वरका मित्र हुन् भनी भनिएको छ।
24
अब बुझ्यौ? विश्वासले मात्रै होइन तर उसले गरेको कामद्वारा मानिस परमेश्वरको अघि ठीक ठहरिन्छ।
25
वेश्या राहाबलाई नै विचार गर, कसरी उनी आफ्नो कामद्वारा परमेश्वरको सामु ठीक भइन्। सुराक लिन जाने इस्राएलीहरूलाई लुकाएर र अर्को बाटोमा पठाएर उनले बचाइन्।
26
जसरी प्राणबिना शरीर मरेको हुन्छ, त्यसरी नै कामबिना विश्वास मरेको हुन्छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 3 →
All chapters:
1
2
3
4
5