bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
James 4
James 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
तिमीहरूका बीचमा लडाइँ र झैझगडा कहाँबाट आउँछन्? मोजमज्जा गर्ने चाहनाले होइन र? जुनचाहिँ तिमीहरूका मनभित्र तँछाड र मछाड गरिरहेका हुन्छन्।
2
आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्यो पाउन नसक्दा लडाइँ र झैझगडा गर्छौ। परमेश्वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ।
3
माग्यौ भने पनि तिमीहरू मोज-मज्जा गर्ने दुष्ट विचारले माग्छौ र पाउँदैनौ।
4
अविश्वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्वरको शत्रु हुन्छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्नेले परमेश्वरलाई आफ्नो शत्रु बनाउँछ।
5
“परमेश्वरले हामीभित्र राखिदिनुभएको आत्माचाहिँ तृष्णाले भरिएको हुन्छ,” भन्ने धर्मशास्त्रमा लेखिएको कुरा व्यर्थको नठान।
6
तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूमाथि अनुग्रह खन्याउनुहुन्छ।”
7
यसैकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूदेखि भाग्नेछ।
8
तिमीहरू परमेश्वरको नजिक आओ र परमेश्वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्ना हात धोई सफा गर। कपटीहरू हो, आफ्नो मन शुद्ध पार।
9
तिमीहरू रोओ, चिच्याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्का रुवाइमा बदल। तिमीहरूका आनन्द दु:खमा बदलिओस्।
10
प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्नुहुनेछ।
11
दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्ना विश्वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्ने र दोष लगाउने व्यक्ति व्यवस्थाकै विरोधमा बोल्छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्याय गर्यौ भने तिमी यसको पालना गर्ने होइन तर न्याय गर्ने बन्छौ।
12
परमेश्वर मात्र व्यवस्था दिने र न्याय गर्ने हुनुहुन्छ। बचाउने र नाश गर्न सक्ने उहाँ मात्र हुनुहुन्छ। आफैंलाई के सम्झन्छौ र आफ्नो छिमेकीहरूलाई दोष लगाउँछौ?
13
“आजै कि भोलि हामी कुनै सहर, बजारमा जाऔंला र एक वर्ष बसेर व्यापार गरौंला अनि धन कमाऔंला” भन्ने तिमीहरूले मेरो कुरा सुन।
14
भोलि के हुन्छ, तिमीहरू केही जान्दैनौ। तिमीहरू त एक छिन देखा पर्ने र बिलाएर जाने बाफजस्तै छौ।
15
तिमीहरूले भन्नुपर्ने कुरा त यसो हो, “परमेश्वरको इच्छा भयो भने हामी बाँचेर यो गरौंला वा त्यो गरौंला।”
16
तर तिमीहरू घमण्डी छौ र खुब धाक लगाउँछौ। यसरी घमण्ड गर्नु राम्रो होइन।
17
कसैले राम्रो गर्नुपर्छ भनी जानेर पनि त्यो गर्दैन भने उसलाई पाप लाग्छ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5